शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा ५०० ले घट्यो

साताको चौंथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- साताको चौंथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको छ। मंगलबार पनि चाँदीको सोही मूल्य नै कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ३७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ।

प्रकाशित: Dec 15, 2021| 12:08 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्