शुक्रबार, असोज १६, २०८३

सेयर बजारमा आज पनि पहिरो

सेयर बजार ओरालो लाग्ने क्रम आज सोमबार पनि जारी रह्यो।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं– सेयर बजार ओरालो लाग्ने क्रम आज सोमबार पनि जारी रह्यो। हिजो आइतबार ८८ अंकले घटेको नेप्से आज ७९.२३ अंकले ओरालो लागेर २२८२.०१ अंकमा अडिएको छ।

आज दिनभर करिब ४ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। 

यसदिन २३३ कम्पनीको ९६ लाख ७९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। खरिदबिक्री रकममा १८ करोड रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र हिमालयन डिष्टिलरी परेका छन्। 

सबै समूह राताम्य भएका छन्। फाइनान्स समूह सबैभन्दा बढीले घटेको छ। 

प्रकाशित: Dec 13, 2021| 15:32 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्