शुक्रबार, असोज १६, २०८३

लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन

नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो।समायोजनपछिको भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज(नेप्से)ले लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन गरेको छ।  नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो।समायोजनपछिको भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। 

सोमबार कारोबार खुल्दा सोही मूल्यलाई आधार मानेर खुल्नेछ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् आइतबारको अन्तिम कारोबार मूल्य ४८५ रुपैयाँ ५० पैसा थियो। सोही मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीस्लाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ९ पुसमा साधारणसभा बोलाएको छ। सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा बिहान ११: १५ बजे सुरू हुनेछ।

सभामा १३ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। जसका लागि २६ मंसिरमा बुक क्लोज गरेको छ।

प्रकाशित: Dec 13, 2021| 11:16 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्