शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य प्रतितोला ९२ हजार ५००

अघिल्लो दिन प्रतितोला ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला ३०० ले बढेको हो।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला ३०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९१ हजार ७०० तोकिएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार १९० तोकिएको महासंघले जनाएको छ।  

प्रकाशित: Dec 12, 2021| 11:50 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्