शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकले साधारणसभा तथा लाभांशं वितरण प्रयोजनार्थ २७ मंसिरमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, आइतबारसम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र लघुवित्तले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- लुम्बिनी विकास बैंकको १३ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ।

बैंकले साधारणसभा तथा लाभांशं वितरण प्रयोजनार्थ २७ मंसिरमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, आइतबारसम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र लघुवित्तले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्। 

बैंकले ९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११: १५ बजे सुरु हुनेछ। सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। 

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ। अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने लगायतको एजेण्डा छ।

प्रकाशित: Dec 12, 2021| 09:55 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्