बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले सन् २०२२ को विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने

अमेरिकाले सन् २०२२ को विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने

ह्वाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लंघनका घटनालाई उल्लेख गर्दै चीनमा हुने विन्टर ओलम्पिकमा आधिकारिक रूपमा कुनै प्रतिनिधिमण्डल सहभागी नहुने घोषणा गरेको हो।
 |  मंगलबार, मंसिर २१, २०७८

बीबीसी

बीबीसी

मंगलबार, मंसिर २१, २०७८

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले सन् २०२२ को सुरुवातमा चीनमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने भएको छ। 

National life

ह्वाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लंघनका घटनालाई उल्लेख गर्दै चीनमा हुने विन्टर ओलम्पिकमा आधिकारिक रूपमा कुनै प्रतिनिधिमण्डल सहभागी नहुने घोषणा गरेको हो। यद्यपी खेलाडीहरूलाई ओलम्किमा हुने खेलमा सहभागी हुन भने रोक लगाइने छैन। 

ह्वाइट हाउसले फेब्रुअरी ४ देखि २० सम्म हुने खेलका लागि खेलाडीहरु प्रशिक्षणमा रहेको उल्लेख गर्दै आफ्ना खेलाडीहरुलाई सरकारले पूर्ण सहयोग गर्नेसमेत जनाएको छ। चीनले यसअघि अमेरिकाले ओलम्पिक बहिष्कार गरे कडा कदम चाल्ने चेतावनी दिएको थियो। 

अमेरिकी राष्ट्रपति जो बाइडनेले गत महिना २०२२ मा चीनमा हुने विन्टर ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गरिने बताएका थिए। सोमबार ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले चीनमा हुने ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गरिने कुराको पुष्टि गरेकी हुन्। 

यसअघि सन् १९८० मा अमेरिकाले मस्को ओलम्पिकबाट खेलाडी फिर्ता बोलाएको थियो। अफगानिस्तानमा सोभियत संघले गरेको आक्रमणको विरोधमा अमेरिका उक्त ओलम्पिकमा सहभागी भएको थिएन  त्यसैको बदलामा सोभियत संघ पनि सन् १९८४ मा लस एन्जलसमा भएको ग्रीष्मकालीन ओलम्पिकमा सहभागी भएन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 07, 2021| 09:35 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।