सोमबार, वैशाख ३१, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • हुम्ला खाद्य संकट : सीईओ चन्दले साउनमै सुरु गरेका थिए कमिसनको खेल

हुम्ला खाद्य संकट : सीईओ चन्दले साउनमै सुरु गरेका थिए कमिसनको खेल

‘चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा भ्याटमा दर्ता नभएको कम्पनीमार्फत चामल ढुवानी गराउन सक्ने गरी बोलपत्र आह्वान गुर्नपर्थ्यो। यहींबाट गडबड सुरु भएको हो।’
 |  बुधबार, मंसिर ८, २०७८

प्रेम चन्द

प्रेम चन्द

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- हुम्लामा खाद्यान्न अभाव हुनुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका उच्चपदस्थ अधिकारीहरू नै जिम्मेवार रहेको पाइएको छ। कम्पनीका उच्च अधिकारीहरू कमिसनको खेलमा लागेर साउनदेखि नेपालगन्ज र सुर्खेतबाट चामल ढुवानी नगरेका कारण हुम्लामा खाद्यान्न अभाव भएको हो।

triton college

कम्पनीका एक कर्मचारीका अनुसार प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रकाश चन्द कमिसनको लोभमा परेर खाद्यान्न ढुवानी नै नगरेको आरोप लगाउँछन्। यसअघि पनि अनियमितताको आरोप लागेका सीईओ नै हुम्ला खाद्य संकटको मुख्य जिम्मेवार भएको उनको दाबी छ। 'आफूलाई पनि कमिसन मिलाउने खेलमा लाग्दा ढुवानी प्रक्रियामा सीमित कम्पनीलाई मात्रै समावेश गरियो। ती कम्पनीले समयमा ढुवानी गरेनन्। ढुवानी नै नभएपछि खाद्य संकट निम्तिने निश्चित थियो। अहिले भएको त्यही हो,' ती कर्मचारी दाबी गर्छन्।

कम्पनीले गत साउन १५ गते नेपालगन्ज र सुर्खेतबाट हुम्लामा चामल ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो। बढीभन्दा बढीलाई सहभागी गराएर प्रतिस्पर्धामार्फत सबैभन्दा कम कबोल गर्ने ढुवानीकर्तामार्फत ढुवानी गराउने कानुनी व्यवस्था छ। तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले केही ढुवानीकर्ताको मात्र स्वार्थमा काम गर्दा सीमित प्रतिस्पर्धीलाई मात्रै सहभागी गराउने गरी मापदण्ड तोकेर बोलपत्र आह्वान गरेको ती अधिकारीले जानकारी दिए।

प्रचलित कानुनमा खाद्यान्न ढुवानीमा भ्याट नलाग्ने व्यवस्था छ। तर, कम्पनीले १५ साउनमा जारी गरेको सूचनामा भ्याटमा अनिवार्य दर्ता भएको कम्पनीले मात्रै ढुवानी प्रतिस्पर्धामा सहभागी हुन पाउने मापदण्ड तोकिएको थियो।

प्रकाशित: Nov 24, 2021| 16:53 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्