बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाका कारण युरोपमा थप सात लाख मानिसको मृत्यु हुने चेतावनी

कोरोनाका कारण युरोपमा थप सात लाख मानिसको मृत्यु हुने चेतावनी

विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले सन् २०२२ को मार्चसम्म युरोपमा कोभिड–१९ का कारण थप सात लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ।
 |  बुधबार, मंसिर ८, २०७८

बीबीसी

बीबीसी

बुधबार, मंसिर ८, २०७८

काठमाडौं– विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) ले सन् २०२२ को मार्चसम्म युरोपमा कोभिड–१९ का कारण थप सात लाख मानिसको  मृत्यु हुन सक्ने चेतावनी दिएको छ।  युरोपका ५३ देशमा कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

National life

सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा ‘उच्च वा चरम दबाब’ हुने आँकलन डब्ल्यूएचओको छ।युरोपमा कोरोना संक्रमणमा वृद्धि भइरहेको छ। अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ भने अन्य देशमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेछन्।

फ्रान्स, जर्मनी र ग्रिसलगायत केही देशले चाँडै नै कोभिड खोपको बुस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्ण मात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन्।

केही देशमा gयाँ प्रतिबन्धात्मक व्यवस्थाको विरोध भइरहेको छ। नेदरल्यान्ड्समा आंशिक लकडाउन घोषणासँगै केही रात हिंसक प्रदर्शन भएको थियो।  'अहिलेको प्रवृत्तिका आधारमा आगामी मार्चसम्ममा कुल मृत्यु २२ लाख पुग्ने आकलन गरिएको छ', डब्ल्यूएचओले भनेको छ।

डब्ल्यूएचओका अनुसार ठूलो संख्यामा खोप नलगाएका मानिस र केही देशमा डेल्टा भेरिअन्टका कारण युरोपमा संक्रमण दर बढेको हो। डब्ल्यूएचओका युरोप निर्देशक डा. हान्स क्लुगले खोप नलगाएकाहरूलाई तुरुन्तै खोप लगाउन आग्रह गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 24, 2021| 11:52 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।