बुधबार, भदौ ३, २०८३

बारलाई संवादमा आउन प्रधानन्यायाधीश जबराको आह्वान

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आन्दोलन छाडेर संवादमा आउन कानुन व्यवसायीलाई आह्वान गरेका छन्।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आन्दोलन छाडेर संवादमा आउन कानुन व्यवसायीलाई आह्वान गरेका छन्।सर्वोच्च अदालत परिसरमा वकिलहरूको धर्ना जारी रहेका बेला भित्र कार्यकक्षमा पत्रकार सम्मेलन गरी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएन दुवैलाई संवादका लागि आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसनलगायतका बार एकाइहरू न्यायपालिकाको अभिन्न अंग हुन्। वर्तमान परिस्थितिमा देखिएका गतिरोधको सम्बोधनको उपयुक्त विकल्प संवाद रहेको हुँदा संवादका लागि आह्वानसमेत गर्दछु।’

विज्ञप्ति सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले पढेर सुनाएका छन्। प्रधानन्यायाधीश जबराले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको पनि जनाएका छन्।
जबराले बार एसोसिएसनको २०७८।७।२५ मा सर्वोच्च अदालतमा परिसरमा आयोजित धर्ना कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘उक्त घटनामा नेपाल बार एसोसिएसनका महासचिव लगायत केही कानुन व्यवसायीलाई चोट पटक लागेको भन्ने जानकारीमा आएको हुँदा उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु।’ उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन न्याय प्रमुखका हैसियतबाट प्रतिबद्ध रहेको पनि जनाएका छन्।  
जबराले भनेका छन्, ‘कानुन र संविधानको व्याख्या गर्न उठेका र उठ्न सक्ने विवादको निरुपण गर्ने राज्यको अंगका रुपमा न्यायपालिकाको सबैभन्दा ठूलो पक्ष नागरिकको विश्वास हो। न्यायपालिका भित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामी तिर नै सोझिएका छन्।’ 

नेपाल बार एसोसिएसनले भने आफूहरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग वार्तामा नबस्ने जवाफ फर्काएको छ। प्रधानन्यायाधीश जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेपछि बारले यस्तो प्रतिक्रिया दिएको हो।
बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘हामी वार्तामा बस्दैनौं, तत्काल प्रधानन्यायाधीले राजीनामा दिनुपर्छ।’
जबराले गर्दै न्यायापालिकाको समग्र आधारलाई कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका छन्।

 


प्रकाशित: Nov 15, 2021| 11:32 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।