मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

 |  मंगलबार, भदौ २, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०८३

काठमाडौं। नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच आजदेखि औपचारिक वार्ता सुरु भएको छ।

मंगलबार महाअभियानले उठाएका विभिन्न मागको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र महाअभियानबीच वार्ता सुरु भएको हो। 

सरकारले भदौ १ गते सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्। 

सरकारको आह्वानपछि महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले पनि विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरी सरकारसमक्ष पठाएका थिए।

दुवै पक्षले वार्ता टोली गठन गरेपछि आजबाट महाअभियानले उठाएका मागका विषयमा औपचारिक संवाद सुरु भएको हो। 

प्रकाशित: Aug 18, 2026| 20:32 मंगलबार, भदौ २, २०८३
प्रतिक्रिया दिनुहोस्