बुधबार, भदौ ३, २०८३

सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच घम्साघम्सी

सर्वोच्च अदालत परिसरभित्र प्रहरी र वकिलहरुबीच सोमबार केहीबेर घम्साघम्सी भएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। प्रहरीले लाठी चार्ज गर्दा केही कानुन व्यवसायी घाइते भएका छन्। नेपाल बार एसोसिएसनको कार्यालयबाट सर्वोच्च अदालत छिर्ने क्रममा वकिलहरुलाई प्रहरीले रोक्‍न खोज्दा घम्साघम्सी भएको थियो। प्रहरीसँग केहीबेर घम्साघम्सी भएपछि वकिलहरु अदालतको मुख्य गेटमा धर्ना दिन पुगेका छन्। 

अदालत परिसरमा प्रहरीको उपस्थिति बढाइएको छ। सर्वोच्चमा काठमाडौंका वकिलहरुले पनि धर्ना दिने भएपछि प्रहरीको उपस्थिति बढाइएको बताइएको छ। 

आजको प्रदर्शनमा काठमाडौं उपत्यकाभरिका अदालतस्थित नेपाल बारका अधिवक्ता सर्वोच्च अदालतमा भेला भएका छन्। 

यसअघि नेपाल बार एसोसियनको केन्द्रीय समितिले मात्र सर्वोच्च अदालतमा धर्ना दिँदै आएको थियो। आज उपत्यकाभित्र रहेका तीनवटै जिल्ला अदालत,  उच्च अदालत र विशेष अदालतस्थित बार एकाइले पनि बारको केन्द्रीय समितिलाई साथ दिँदै प्रदर्शनमा उत्रिएका हुन्। 

कात्तिक ८ गतेबाट न्यायाधीश र वकिलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै एकसाथ आन्दोलन थालेपछि बन्दीप्रत्यक्षीकरण बाहेकका रिटमा सुनुवाइ हुन सकेको छैन।

मुद्दा सुनुवाइ नहुँदा सेवाग्राही मर्कामा परेका छन्। न्यायालयमा उत्पन्न विवादका सम्बन्धमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले छिट्टै समाधान हुने बताए पनि सोमबारसम्म विवाद टुंगिन सकेको छैन। यस्तै न्यायालय विवादमा सत्तासीन तथा विपक्षी दलहरू पनि मौन छन्।  


प्रकाशित: Nov 15, 2021| 10:49 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।