बुधबार, भदौ ३, २०८३

हैजाविरुद्धको साढे दुई लाख खोप नेपाल आइपुग्यो

हैजाविरुद्धको साढे दुई लाख खोप नेपाल भित्रिएको छ। कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि सरकारले २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल ल्याइएको हो।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– हैजाविरुद्धको साढे दुई लाख खोप नेपाल भित्रिएको छ। कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि सरकारले २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल ल्याइएको हो।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त भ्याक्सिन कपिलवस्तुको पाँच वटा स्थानीय तहका मानिसलाई लगाइने जनाएको छ। 

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट नेपाल ल्याइएको हो। सरकारले खोप आगामी आइतबारदेखि लगाउने तयारी गरेको छ।

प्रकाशित: Nov 15, 2021| 09:31 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।