आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तीन महिनामै वाणिज्य बैंकले तिरे साढे ७ अर्ब आयकर, कसले कति? [सूचीसहित]

तीन महिनामै वाणिज्य बैंकले तिरे साढे ७ अर्ब आयकर, कसले कति? [सूचीसहित]

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ वटा वाणिज्य बैंकहरुले ७ अर्ब ४० करोड ७९ लाख रुपैयाँ आयकर तिरेका छन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ वटा वाणिज्य बैंकहरूले ७ अर्ब ४० करोड ७९ लाख रुपैयाँ आयकर तिरेका छन्। यो गत आर्थिक वर्ष सोही अवधिको तुलनामा २१.९१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले ६ अर्ब ७ करोड ६१ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका थिए। 

वाणिज्य बैंकहरुले तीन महिनामा २५ अर्ब ५२ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका छन्। सोही नाफाबाट ‘आयकर ऐन २०५८’ अनुसार ३० प्रतिशत सरकारलाई पहिलो त्रैमासमा ७ अर्ब ४० करोड ७९ लाख रुपैयाँ आयकर तिरेका हुन्। 

नाफा रकम विभिन्न खर्च/कर छुट्याएपछि आउने नाफा मात्र बैंकहरुको खुद नाफा हो। जुन नाफाबाट बैंकहरुले लगानीकर्ताहरुलाई लाभांश दिन सक्छन्। चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको खुद नाफा १८ अर्ब ११ करोड ७३ लाख रुपैयाँ भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकले देखाएको छ। 

चालु आवको तीन महिनामा सबैभन्दा बढी आयकर तिर्नेमा एनआइसी एसिया बैंक छ। एनआइसी एसियाले तीन महिनाकै अवधिमा ५० करोड ६० लाख रुपैयाँ आयकर मात्र बुझाएको छ। त्यस्तै नबिल बैंक बढी आयकर तिर्ने बैंकको सूचीमा दोस्रो स्थानमा छन्। ४७ करोड ६६ लाख रुपैयाँ नबिल बैंकले आयकर तिरेको छ। यी दुई बैंकहरुको नाफा आयकर तिर्नुअघि क्रमशः १ अर्ब ६८ करोड ६७ लाख र १ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ रहेको थियो। 

त्यस्तै विदेशी लगानी भएका बैंकहरु नेपाल एसबिआई, एभरेस्ट, एनबी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले क्रमशः १५ करोड ९८ लाख, २४ करोड ८० लाख, १५ करोड २८ लाख र २० करोड ६५ लाख रुपैयाँ आयकर तिरेका छन्। 

आंशिक रूपमा सरकारी स्वामित्व रहेका नेपाल बैंक र कृषि विकास बैंकले क्रमशः २० करोड ३३ लाख र १४ करोड २७ लाख रुपैयाँ आयकर तिरेका छन्। पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ४५ करोड २ लाख रुपैयाँ आयकर तिरेको नेपाल बैंकर्स संघको तथ्यांकमा देखिएको छ। 

त्यस्तै गत आर्थिक वर्षमा आयकर तिर्नेमा २७ वाणिज्य बैंकमध्ये २०औँ स्थानमा रहेको बैंक अफ काठमाडौं चालु आर्थिक वर्षको तीन महिनामा आयकर तिर्ने बैंकहरुको सूचीमा सबैभन्दा पुछारमा परेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कर तिर्नुअघिको नाफा ३६ करोड २१ अर्ब रहेको थियो भने सो बैंकको खुद नाफा २५ करोड ३४ लाख रुपैयाँ रहेको छ। 

गत आर्थिक वर्षमा सबैभन्दा कम आयकर तिरेको सिभिल बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने १३ करोड ४५ लाख रुपैयाँ आयकर तिरेर २५औँ स्थानमा रहन सफल भएको छ। सो बैंकले २०१ प्रतिशतले नाफा बढाएको छ। 

पहिलो त्रैमासमा कुन बैंकले कति तिरे आयकर?

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्