बुधबार, पुस ३०, २०८२

अस्पतालमा आगलागी हुँदा भारतमा चार बालबालिकाको मृत्यु

भारत मध्य प्रदेशको एक अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ। मध्य प्रदेशस्थित भोपालमा रहेको हामीदिया अस्पतालमा सोमबार राति भएको आगलागीमा चार बालको ज्यान गएको हो।
 |  मंगलबार, कात्तिक २३, २०७८

बीबीसी

बीबीसी

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- भारत मध्य प्रदेशको एक अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ। मध्य प्रदेशस्थित भोपालमा रहेको हामीदिया अस्पतालमा सोमबार राति भएको आगलागीमा चार बालको ज्यान गएको हो।

National life

अस्पतालको नेहरू भवनको ४ तलामा रहेको पिडियाट्रिक विभागमा आगलागी भएको बीबीसीले जनाएको छ। राज्य स्वास्थ्य शिक्षा मन्त्री विश्वास सारंगले यसको पुष्टि गरेका छन्। यस्तै मुख्यमन्त्री शिवराज सिंह चौहानले यस घटनामा दु:ख व्यक्त गर्दै घटनाको अध्ययन गर्द निर्देश दिएका छन्।

विभागमा ४० बालबालिकालाई राखिएको थियो। आगलागीमा परी चार जनाको मृत्यु हुँदा ३६ जनालाई सुरक्षित बाहिर निकालिएको छ। 

तीन घण्टा भन्दा बढीको प्रयासपछि रातको १२ बजेतिर आगो नियन्त्रणमा लिइइको थियो। आगलागीको खास कारण पत्ता लागेको छैन। कसैले अक्सिजन सिलिण्डर विस्फोट भएर आगो लागेको बताएका छन् भने कसैले विद्युत सर्ट भएर आगो लागेको आशंका गरेका छन्। 

मुख्यमन्त्री चौहानले मृत्यु भएका बालबालिकाको परिवारलाई चार लाख राहत दिने घोषणा गरेका छन्। उक्त अस्पताल राज्य सरकारले सञ्चालन गरेको सरकारी अस्पताल हो। 

Laxmi sunrise bank
kumari

राज्यका पूर्व मुख्नयमन्त्री एवं विपक्षी नेता कमलनाथले घटनाले निकै दुखी बनाएको बताएका छन्। 

प्रकाशित: Nov 09, 2021| 07:44 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।