बुधबार, पुस ३०, २०८२

टेस्लाको १० प्रतिशत सेयर बिक्री गर्न मस्कलाई सुझाव

मस्कले ट्विटर प्रयोगकर्ताहरूमाझ गरेको सर्वेक्षणअनुसार सेयर बिक्री गर्नु उचित हुने पक्षमा करिब ५८ प्रतिशत मत दिएका छन् भने त्यसको विपक्षमा ४२ प्रतिशत छन्।
 |  सोमबार, कात्तिक २२, २०७८

बीबीसी

बीबीसी

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- अमेरिकी विद्युतीय सवारी साधन उत्पादन कम्पनी टेस्लाको १० प्रतिशत सेयर कम्पनीका प्रमुख कार्यकारी निर्देशक एलन मस्कलाई सुझाव बीबीसीमा प्राप्त भएको छ। मस्कले ट्विटर प्रयोगकर्ताहरूमाझ गरेको सर्वेक्षणअनुसार सेयर बिक्री गर्नु उचित हुने पक्षमा करिब ५८ प्रतिशत मत दिएका छन् भने त्यसको विपक्षमा ४२ प्रतिशत छन्। 

National life

सर्वेक्षणमा ३५ लाखभन्दा बढी सहभागी भएका थिए। ट्विटरमा मस्कका ६ करोड ३० लाखभन्दा बढी फलोअर छन्। 

सर्वेक्षणबाट प्राप्त भएको सुझाव कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाएका छन्। अमेरिकी सरकारले गरेको कर कानुनसम्बन्धी व्यवस्था पछि विश्वका धनाढ्यको सूचीमा अग्रस्थानमा आउने मस्कले टेस्लाको सेयर बिक्री गर्न लागेका हुन्। यद्यपि उनले कहिले सेयर बिक्री गर्नेछन् भन्ने सार्वजनिक गरिएको छैन। 

अमेरिकी सरकारले 'अनुभव नगरिएको आम्दानी'मा कर लगाउने व्यवस्था गरेको छ। यो व्यवस्थाबाट कम्तीमा पनि अमेरिकका ७ सय धनाढ्यहरू प्रभावित हुने अनुमान गरिएको छ।  

टेस्सासँग २२ अर्ब अमेरिकी डलर बराबरको इक्विटी छ। शुक्रबार टेस्लाको सेयरको मूल्य १ हजार २२२ अमेरिकी डलर पुगेको थियो। सन् २०२० मा कम्पनीमा ७० हजार ७ सय ५७ जनाले रोजगारी पाएको तथ्यांक छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 08, 2021| 09:15 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।