बुधबार, वैशाख १६, २०८३

कोरोनाविरुद्ध फाइजरको खाने औषधि ८९ प्रतिशत प्रभावकारी भएको दाबी

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना संक्रमितका लागि आफूले उत्पादन गरेको खाने चक्की ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ।
 |  शनिबार, कात्तिक २०, २०७८

बीबीसी

बीबीसी

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं- अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना संक्रमितका लागि आफूले उत्पादन गरेको खाने चक्की ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ।

National life

फाइजरले अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्न औषधि ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो।

'कोभिडका लक्षण देखिनासाथ यो औषधिको सेवन गर्नुपर्छ। पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्नुपर्ने छ। यसो गर्दा यो लाभदायक हुनेछ', कम्पनीले भनेको छ।

फाइजरले उक्त चक्कीको आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदनसमेत दिइसकेको छ।

उसको प्रतिद्वन्द्वी कम्पनी मर्कले पनि आफूले विकास गरेको मोल्न्यूपिरभीर चक्कीलाई प्रयोग अनुमति दिन निवेदन दिएको छ।

kumari

ब्रिटिश नियामक निकायले बिहीबार मात्रै त्यसको प्रयोगका लागि अनुमति दिएको थियो।

प्रकाशित: Nov 06, 2021| 08:22 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्