बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जापानमा रेलभित्र चढेर अन्धाधुन्ध चक्कु प्रहार गर्दा १७ यात्रु घाइते

जापानमा रेलभित्र चढेर अन्धाधुन्ध चक्कु प्रहार गर्दा १७ यात्रु घाइते

जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

बीबीसी

बीबीसी

सोमबार, कात्तिक १५, २०७८

टोकियो- जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन्। चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन्। आक्रमणपछि आक्रमणकारीले बसभित्र तेल खन्याएर आगो लगाएका थिए। 

National life

आक्रमणपछि बसभित्र यात्रुहरुको भागदौड मच्चिएको थियो। आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए। सामुहिक नरसंहार गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान सुरु भएको छ। 

चक्कु आक्रमणका एक घाइतेको अवस्था गम्भीर छ। कोयुरो स्टेशननजिकको रेलभित्र आक्रमण भएको टोकियो प्रहरीले जनाएको छ। 

रेलमा आगो लाग्न थालेपछि तत्कालै अग्नि नियन्त्रक, प्रहरी अधिकारीले यात्रुहरुको उद्दार गरेका थिए। एक यात्रु शरिरमा लागेको आगोसहित रेलबाट बाहिर दौडिएका थिए।

आक्रमणकारीले प्याजी रंगको सुट र हरियो कमिज लगाएका थिए। सुरुमा उनी भलाद्मी बनेर एउटा खाली सिटमा बसेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 01, 2021| 09:58 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।