सोमबार, माघ ५, २०८२

त्रिवि क्रिकेट मैदान : अपूरो पूर्वाधार, दलदलमा फस्छ बल

शनिबारदेखि सुरु भएको प्रतियोगितामा आइतबारदेखि दैनिक २ वटा खेल हुने समयतालिका थियो। आइतबार बिहान चितवन र विराटनगरबीचको खेलमा चितवनले जित हात पारेको छ। त्यसपछि हुने भनिएका कुनै पनि खेल पूर्ण हुन सकेका छैनन्।
 |  बुधबार, असोज १३, २०७८

प्रेम चन्द

प्रेम चन्द

बुधबार, असोज १३, २०७८

काठमाडौं- विश्व चर्चित क्रिकेटर शाहिद अफ्रिदीको खेल प्रत्यक्ष हेर्न शनिबार त्रिवि क्रिकेट मैदानमा दर्शक भरिएका थिए। चौका र छक्काले माहौल रोमाञ्चित बनाएको पनि थियो। सजाइएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकले मज्जा लिइरहेका थिए। 

National life

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (एपीएल) अन्तर्गतको पहिलो हुने दिन थियो त्यो। पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदीलगायतका विदेशी खेलाडीको खेल प्रत्यक्ष हेर्ने मौका जुरेको थियो। संयोगले परेको शनिबारले दर्शक खचाखच थिए।

पहिलो दिन काठमाडौं र ललितपुरको प्रतिस्पर्धा हेर्न पुगेका दर्शकको यकिन संख्या आयोजकले खुलाएको छैन। तैपनि करिब ५ हजार दर्शक भएको अनुमान लगाउन कठिन थिएन। नेपालको हकमा यो संख्या ठूलै मानिन्छ। 

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा १५५ रन बनाउँदा दर्शकले ललितपुरका ब्याट्समेन पवन शर्राफको चौका छक्कासहितको इनिङ्स हेर्न पाए। ईपीएलको पहिलो खेलको पहिलो इनिङ्समा ललितपुरका लागि पवनले ४४ बलमा ६१ रन बनाएका थिए। पवनको ५ चौका र ४ छक्काको मदतमा उक्त व्यक्तिगत स्कोरसहीत टिमले १५६ रनको लक्ष्य खडा गरेको थियो।

बाउन्ड्रीको करिब एक मिटरभित्रै झर्‍यो। दलदलमा बल खस्यो। भ्यात्त आवाज आयो। बल दलदलभित्रै पस्यो। 

खेल रोमाञ्चक गतिमा अघि बढिरहेको थियो। एकाएक आकाश धुम्म पर्‍यो। कालो बादल मडारिन थालेको थियो आकाशमा। हल्का वर्षा भयो पनि। मैदानको दृश्यले दर्शक उत्साहित बनाएका बेला आकाशको दृश्यले भने सशंकित बनाएको थियो, कतै खेल बीचमै रोकिने हो कि! तर खेल रोक्नु भने परेन।

Laxmi sunrise bank
kumari

अनि थाहा भयो मैदानको हालत

पहिलो इनिङ्सको ब्याटिङमा पनि मैदानको दक्षिणी क्षेत्रमा ‘ड्राइभ’ गर्दा बल बाउन्ड्री बाहिर पुग्न मुस्किल भइरहेको थियो। तर, दोस्रो इनिङ्स सुरु भयो अनि थाहा पाइयो, नेपालको एक मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदानको हालत। मैदानको दक्षिणी भाग हिलाम्य बनेको देखियो।

काठमाडौंका लागि ओपनिङ गर्न आएका सुवास खकुरेल मैदानको पूर्वतर्फबाट ब्याटिङ गरिरहेका थिए। पावर प्लेको मौका पारेर खकुरेलले बल डीप स्क्वायर लेगमा उठाए। खकुरेलले छक्काका लागि उठाएको बल बाउन्ड्रीतर्फ अघि बढ्दै थियो। तर बाउन्ड्रीको करिब एक मिटरभित्रै झर्‍यो। दलदलमा बल खस्यो। भ्यात्त आवाज आयो। बल दलदलभित्रै पस्यो। 

बलले बढी उचाई नलिएको भए छक्का हुन सक्थ्यो। फिल्डरको अनुपस्थिति समेत रहेका बेला बल एक बाउन्समा चौका त पुग्नु पर्ने हो। तर, बिडम्बना मैदानको उक्त भाग सिम भएपछि बल गुड्नै पाएन। अघिल्लो राती परेको पानीका कारण मैदानको दक्षिणी भाग भोलिपल्ट दिउँसोसम्मै हिलाम्य थियो। बल बाउन्स हुनु त परको कुरा, गुडेको देख्नसम्म पाइन्नथ्यो। बरु उल्टै बल हिलोमा भासिन्थ्यो। 

जे होस्, जेनतेन खेल अघि बढ्दै गयो। काठमाडौंको कुल स्कोर १२ रन हुँदा २ विकेट गुमिसकेका थिए। काठमाडौंका लागि महत्वपूर्ण ब्याट्समेन खकुरेल सहित अमित श्रेष्ठ आउट भएपछि अफगानी टिमका रहमानुल्लाह गुर्बाज र जिम्बाबेका रायन बर्लले विस्फोटक ब्याटिङ गरे। उनीहरूको प्रहारबाट छक्का त हुन्थे तर बल बाउन्ड्रीभित्रै खसेर बल बाहिर जान नसकेपछि दक्षिणी भागबाट थुप्रै चौका हुने अवसर गुमेका थिए। यसको पीडा समर्थकलाई त थियो नै, तर टिम र खेलाडीका लागि कति थियो भन्ने कुरा मापन उनीहरूले मात्र गर्न सक्थे।


 त्यस्तो मैदानमा पनि दुवै विदेशी खेलाडीले चौका र छक्काको मद्दतमा अर्धशतकीय इनिङ्स खेलेका थिए। गुबार्जले ४ चौका र ४ छक्का हानेका थिए। रायनले ३ चौका र ७ छक्काको मद्दतमा नटआउट ७३ रन बनाउँदै जित दिलाउनमा महत्वपूर्ण भूमिका निभाए।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा आइतबारदेखि दैनिक २ वटा खेल हुने समयतालिका थियो। आइतबार बिहान चितवन र विराटनगरबीचको खेलमा चितवनले जित हात पारेको छ। त्यसपछि हुने भनिएका कुनै पनि खेल पूर्ण हुन सकेका छैनन्। 

विदेशी खेलाडीको समेत उल्लेख्य सहभागिताले ईपीएलमा जति रौनक थपेको थियो, मैदानको अवस्थाले खेलाडीलाई विरक्ति पनि उति नै हुन्थ्यो सायद। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)बाट मान्यता पाएकाले आइसीसी प्रतिनिधि पनि उपस्थित छन्। प्रतियोगितामा आइसीसीका सबै मापदण्ड पालना गरिएको छ। तर, दुई दशक पुरानो र एक मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता भने समय तालिका अनुसार हुन पाइरहेको छैन।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा आइतबारदेखि दैनिक २ वटा खेल हुने समयतालिका थियो। आइतबार बिहान चितवन र विराटनगरबीचको खेलमा चितवनले जित हात पारेको छ। त्यसपछि हुने भनिएका कुनै पनि खेल पूर्ण हुन सकेका छैनन्। आइतबार दिउँसो हुने भनिएको भैरहवा र पोखराबीचको खेल सुरु हुनुअघि नै पानी परेपछि खेल रद्द गरी एक-एक अंक बाँडेको छ।

त्यसपछि हुने भनिएका काठमाडौं-विराटनगर तथा चितवन-पोखराबीचका खेल टस समेत हुन नसकेरै रोकिए। आइतबार दिउँसो पानी परेपछि हिलाम्य मैदान सोमबारका लागि पनि तयार भएन। सोमबारसमेत हल्का पानी परेपछि मंगलबार पनि मैदान खेलका लागि तयार हुन सकेन। मंगलबार हुने भनिएका दुवै खेल पनि रोकिए। आयोजकले नयाँ तालिका सार्वजनिक गर्न छलफल समेत गरेको छ। 


ईपीएलमा पहिलो हुने टिमलाई ५० लाख रुपैयाँ पुरस्कार राखिएको छ। नेपालमा उच्च धनराशिको प्रतियोगिता समेत भएका कारण ईपीएलको चर्चा भइरहेको छ। आइसीसीले मान्यता दिएको र विदेशी खेलाडीको समेत सहभागिता बढ्दै गइरहेको प्रतियोगिता वर्षाका कारण प्रभावित हुँदा खेल स्थगित गर्नुको विकल्प आयोजकसँग छैन। मैदानमा ढलको उचित निकास नहुँदा हिलाम्य हुने गरेको छ।

एउटा मात्रै मैदान भएका कारण मैदान फेर्ने विकल्प त आयोजकसँग छैन। भएको मैदानमा समेत पानी परेपछि हिलाम्य हुँदा खेल ढिला सुरु गरी रातिसम्मै खेल गर्ने विकल्प छैन। अघिल्लो दिन पानी परेको अवस्थामा भोलिपल्ट वर्षा नभए साँझसम्ममा सुक्ने गरेको छ। दिउँसो मैदान सुकेर साँझ अबेरसम्म खेल गराउनका लागि समेत मैदानमा बत्तीको व्यवस्था छैन। 

वर्षाका कारण प्रभावित हुँदा खेल स्थगित गर्नुको विकल्प आयोजकसँग छैन। मैदानमा ढलको उचित निकास नहुँदा हिलाम्य हुने गरेको छ।

खेलाडीको क्षमता अभिवृद्धिका लागि आन्तरिक फ्रेन्चाइज हुनु सुखद् हो। सम्भवतः भदौ अन्तिम साता ओमानमा भएको विश्वकप लिग २ को खेलमा नेपाली ब्याट्समेनहरु, रोहित पौडेल, आरिफ शेख, कसुल भुर्तेलहरुले गरेको एकपछि अर्को प्रदर्शन यसअघि भएका आन्तरिक फ्रेन्चाइजकै उपलब्धि हो।

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको नेपाली क्रिकेटका लागि एक मात्रै मैदान हुनु र त्यसमा पनि अपुरो पूर्वाधार हुँदा उत्साहित प्रतियोगिता उराठिलो भएको छ। बुधबार बिहान भएको ललितपुर-पोखराको खेल समेत हिलाम्य मैदानका कारण ७ ओभरमा सीमित भयो। बुधबार बिहान भएको पहिलो खेलमा पोखराले ९ विकेटले जितेको छ। बुधबार दिउँसो मैदान सुकेपछि विराटनगर र भैरहवाबीचको खेल २० ओभरमै सम्पन्न भएको छ। मैदानमा उज्यालोका लागि लाइटको समेत व्यवस्था नहुँदा साँझ अबेरसम्म खेल्ने अवस्था छैन।


 मुलुकभर त्रिवि क्रिकेट मैदानबाहेकका अन्य कुनै पनि अन्तर्राष्ट्रियस्तरका खेल मैदान नहुँदा खेलाडीलाई अनुभव बटुल्न गाह्रो भइरहेको टियू क्रिकेट मैदानका क्युरेटर मधु तामाङ बताउँछन्। ‘हामीसँग अहिले ठिक्क मिल्ने पिच छ, ब्याटिङको लागि राम्रो हुने पिच छ। एउटै विकेट (पिच)मा सबै म्याच खेलाउन पनि सकिँदैन। पिचलाई धेरै भार पर्छ,’ उनले गत शुक्रबार न्युज एजेन्सी नेपालसँग भनेका थिए, ‘नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ। जसकारण मैदानले आराम पाउने अवस्था छैन। विकल्पमा अरु ३ वटा जति मैदान भइदिएको भए प्रतियोगिता गर्न सजिलो हुन्थ्यो, मैदानलाई भार पनि पर्दैनथ्यो।’ अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदानको आवश्यकता देखिएको तामाङ बताउँछन्।

प्रकाशित: Sep 29, 2021| 17:30 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।