काठमाडौं– ‘छोरी, म बाख्रा चराउन जान्छु, मेरो चिन्ता केही नलिनू, राम्ररी किताब पढ्नु,’ आमाका यिनै शब्द अन्तिम बने कमला मल्लका लागि। आमाको अन्तिम वचन अहिले पनि कानमा गुन्जिरहन्छ।
छोरीलाई यसरी अह्राएर हिँडेकी कमलाकी आमा खेट्टी मल्ल त्यसपछि फर्केर आइनन्। साउन ७ गते बिहान ९ बजेतिर फोनमा कुराकानी भएको थियो आमाछोरीको।
खेट्टीका लागि छोराछोरी जे भने पनि कमला नै थिइन्। मेरो संसार तिमी नै हो, तिमीबाहेक को नै छ र? तिमीलाई जसरी पनि पढाउँछु भन्थिन्। कमलाको पनि सपना थियो- आमालाई जागिर गरेर सुख दिने। ‘‘सबै कुरा सकियो, सम्झनामात्रै बाँकी छ। अन्तिम पटम मुखसम्म हेर्न पाइनँ, कस्तो अभागी म!’ कमला भक्कानिन्छिन्।
कोरोना महामारीका कारण घर जान नसक्दा आमाछोरीको भेट नभएको धेरै भइसकेको थियो। दसैंमा जसरी पनि भेट्ने योजना थियो कमलाको। तर उनको इच्छा पूरा हुन पाएन।
साउन ८ गते शुक्रबार बैतडीकोे मेलौली नगरपालिका-७ काँडा बजार नजिकैको जंगलमा मृत फेला परिन् खेट्टी। डडेल्धुराकोे भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी उनी शुक्रबार माइत जान भनेर घरबाट हिँडेकी थिइन्।
साउन ८ गते शुक्रबार बैतडीकोे मेलौली नगरपालिका-७ काँडा बजार नजिकैको जंगलमा मृत फेला परिन् खेट्टी। डडेल्धुराकोे भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी उनी शुक्रबार माइत जान भनेर घरबाट हिँडेकी थिइन्। तर, उनी माइत पुग्न पाइनन्। बीच बाटोमै प्राण गयोे उनको।
कञ्चनपुरको दोधारा-चाँदनीमा मामाघर बसेर ११ कक्षामा पढ्छिन् कमला। घरको कमजोर आर्थिक अवस्थाका कारण उनी मामाघरमा बसेर पढिरहेकी थिइन्। आमा भने डडेल्धुराको भागेश्वरमा बाख्रा पालेर, मेलापात गरेर गुजारा गरिरहेकी थिइन्। बाख्रा बेचेर घरखर्च चलाउँथिन्, कमलाको पढाइ खर्च जुटाउँथिन्। छोरीका खातिर उनी गाउँमा एक्लै बसिरहेकी थिइन्। छोरीलाई पढाएर, जागिर खुवाएर, सक्षम बनाई आनन्दको सास फेर्न चाहन्थिन्। तर, दुवैको सपना बीचैमा अस्ताइगयो।
बिहे भएदेखि नै कहिले श्रीमान् त कहिले सन्तानका नाममा दुःख पाइरहिन् खेट्टीले। वर्षौंसम्म एकातिर सन्तानको पीरले पिरोेल्यो, अर्कातिर श्रीमानले गरेको दोस्रो बिहेकोे पीडाले।
छोरा नभएको भन्दै ज्ञानबहादुर मल्लले अर्को बिहे गरे। उनको सहारा खोसियो, दुःखकोे भारी थपियो। छोरी कमलाको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आयो। राम्रो पढाइका लागि उनले छोरीलाई आफ्नो माइत पठाइन्। आफू पनि कहिलेकाहीँ आउजाउ गर्थिन्। तर, कोरोना महामारीले गर्दा लामो समय जान पाएकी थिइनन्। जब त्यो साइत जुयो, उनी गन्तव्यमा पुग्नै पाइनन्।
आमालाई अन्तिम पटक हेर्न नपाएको ठूलो पछुतो छ कमलालाई। ‘जिन्दगीभर एक्लै थिइन्, एक्लै गइन्। आमाको लागि मै संसार थिएँ तर....’ बोल्न सक्दिनन् कमला।
आमा सुत्ने कोठा, खाना पकाउने चुल्हो अनि आमाले गर्ने हरेक क्रियाकलाप झलझली दिमागमा आइरहेका छन् उनको। कसरी अब त्यो घरभित्र छिर्ने? कसरी आँखाबाट अनि मनबाट आमाका यादहरु मेटाउने? उनलाई ऐठन भएको छ।
‘कइको मुख हेरी भितर जाउँ, आमाका कपडा त फालियो, यादहरु कहाँ फालुँ? आमाले भोगेका पीडा कसरी बिर्सिउँ,’ कमला भन्छिन्।
शनिबार आमाको मृत्युको खबर सुनेपछि उनको होस ठेगानमा छैन। बाउको माया समेत दिएर हुर्काएकी थिइन् उनले कमलालाई। छोरीका हरेक चहाना पूरा गर्न लागिपर्थिन्।
शनिबार आमाको मृत्युको खबर सुनेपछि कमला मामाघरबाट घर पुगेकी छिन्। तर, घरभित्र छिर्न मनै छैन उनलाई। ‘घरभित्र छिर्दा घुटन भइरहेकोे छ, यादहरुले कसिएका छन् हरेक पल, एउटी आमा त थिइन् तिनले पनि छाडेर गइन्,’ कमला लामो स्वास फेर्छिन्।
‘आमाले मेरो लागि यति दुःख गर्नुभयो, मैले चाहिँ केही गर्न नपाउँदै छाडेर जानुभयो। आमालाई सुख दिन सकिन, यही पीडा छ कमलाको मनमा।
शनिबार आमाको मृत्युको खबर सुनेपछि कमला मामाघरबाट घर पुगेकी छिन्। तर, घरभित्र छिर्न मनै छैन उनलाई। ‘घरभित्र छिर्दा घुटन भइरहेको छ, यादहरूले कसिएका छन् हरेक पल, एउटी आमा त थिइन् तिनले पनि छाडेर गइन्,’ कमला लामो फेर्छिन्।
छोरीलाई ‘राम्ररी पढ्नु, म बाख्रा चराउन गएँ’ भनेको दोस्रो दिन दोस्रो दिन खेट्टी माइत जान भनेर बैतडीतिर लागेकी थिइन्। छोरीलाई भने आमा माइत गइरहेकी छिन् भनेर पत्तो थिएन। ‘एक्लै निराश भएर मन भुलाउन माइत पुगुँ भनेर गइ होलिन् मेरी आमा,’ उनले सुनाइन्।
आमाको मृत्युको खबर सुनेपछि भारतबाट कमलाका बुवा र कान्छी आमा पनि आएका छन्। बुवा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए। खेट्टीबाट एक मात्रै छोरी हुन् कमला। खेट्टीबाट छोरा नभएको भनेर ज्ञानबहादुरले दोस्रो बिहे गरेका थिए। कान्छीबाट एक छोेरी र एक छोरा छन्। उनीहरु धेरैजसो भारततिरै बस्ने गरेको कमलाले सुनाइन्।
आमाले कतिबेला बोलाउलिन् जस्तो लाग्छ कमलालाई। आमाको स्वरले दिल दिमागमा डेरा जमाएर बसेको छ। आमाले अब बोलाउँछिन्, यस्तोे गर उस्तो गर भन्छिन् जस्तो लागिरहन्छ। थाहा छ आमा कहिल्यै नआउने गरी गइसकिन् तर मन मान्दैन। आमा भनेर जोेडले चिच्याउन मन छ कमलालाई। आमा म घर आएकी छु, छिटो आउनु भन्दै आमालाई पुकार्न मन छ। तर अब जति चिच्याए पनि रोए कराए पनि आमा आउँदिनन्, आमाका यादमात्रै आउँछन्।
आमाकोे धोतीको फेर छाडेको धेरै भएको छैन कमलाले। तर आमाले नै छाडेर गइन्, धोतीको फेर चुँडियो, उनी एक्लै भइन्। घर रित्तो खण्डहर लाग्न थालेकोे छ।
मामाघरबाट बिदामा आमाका लागि घर पुग्ने गरेकी उनी अब कसको लागि घर आउने? अब त कमलासँग आमाको तस्बिरमात्रै बाँकी छ। आमाका गुम्सिएका रहर, पिल्सिएका चाहना र लुटिएका खुसी बल्ल बुझ्दै थिइन् उनी। आमालाई सुखले राख्ने सपना देख्न थालेकी मात्रै थिइन् कमला।
खेट्टीकोे मृत्यको कारण खोजिरहेको बताउँछ प्रहरी। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता बोधराज ओझाले खेट्टी मल्लकोे मृत्युबारे प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको भए पनि अहिलेसम्म कारण पत्ता लाग्न नसकेको बताए।
उनलाई आमाको मृत्यु कसरी भयो भन्ने केही भेउ छैन अहिलेसम्म। ‘कसैले तेरी आमालाई मारे भन्छन्, कसैले हार्टअट्याकले मरिन् भन्छन्,’ उनले सुनाइन्।
खेट्टीकोे मृत्यको कारण खोजिरहेको बताउँछ प्रहरी। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता बोधराज ओझाले खेट्टी मल्लकोे मृत्युबारे प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको भए पनि अहिलेसम्म कारण पत्ता लाग्न नसकेको बताए।
‘मृतकसँग फोन सम्पर्कमा आएका सबैको कल डिटेल अध्ययन गरिरहेका छौं,’ ओझाले भने, ‘घटनाबारे पोष्टमार्टम रिपोेर्ट आएपछि मात्रै थाहा हुन्छ।’
खेट्टी मल्ल बिहीबार माइत बैतडी शेरा जानका लागि डडेल्धुराबाट हिँडेकी थिइन्। शुक्रबार बिहान उनको शव फेला परेको थियो। उनको शव मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएकोे छ। मेलौली प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुनिल सिंह पुजाराको टोलीले पोेष्टमार्टम गरेको छ।
शवको पोष्टमार्टम भइसकेको र रिपोर्ट जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनलाई बुझाउने तयारी गरिरहेको जानकारी उनले दिए। घटना अनुसन्धानमै रहेकाले रिपोर्टमा देखिएको कुरा भन्न नमिल्ने पुजाराले बताए। प्रहरी पोष्टमार्टम रिपोर्टको पर्खाइमा छ।