बुधबार, चैत ११, २०८२

कीर्तिपुरमा पुरुष मृत फेला, कालिमाटीमा भेटियो महिलाको शव

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला परेका छन्।

National life

पहिचान नखुलेका एक पुरुष आइतबार मृत भेटिएका हुन्। अन्दाजी ३५ वर्षीय पुरुष व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।

यता कालिमाटीमा मध्यराति एक महिलाको शव बोकर फालेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र मल्ल छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

सात मंसिरमा कालिमाटीस्थित संगितमार्गमा एक महिलाको शव भेटिएको थियो। पहिचान नखुलेकी महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा सीसीटीभी फुटेजमा एक युवकले ती महिलालाई बोकेर त्यहाँ फालेको देखियो।

सीसीटीभी फुटेजमा देखिएको चप्पल, ट्राउजर र ज्याकेटको हुलिया केन्द्रित भएर अनुसन्धान गरेको प्रहरीले आज आइतबार एक युवकलाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिले फुटेजमा देखिएको व्यक्ति आफू नै भएको प्रहरीसमक्ष बताएका छन्।

Laxmi sunrise bank
kumari

अनुसन्धानका क्रममा मृतक महिला उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती रहेको खुलेको छ। सीसीटीभी फुटेजमा देखिएको दृश्यअनुसार ३ बजे राति उक्त घटना भएको हो। मृत भेटिएकी महिलाको ट्राउजरसमेत खुल्लै रहेकाले बलात्कारपछि हत्या भएको हो कि भन्ने आशंका पनि प्रहरीले गरेको छ। महिलाको शरीरमा कुनै घाउचोट नदेखिएकाले उनको मृत्यु शंकास्पद देखिएको छ।

प्रकाशित: Nov 24, 2024| 18:33 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्