बुधबार, चैत ११, २०८२

उपनिर्वाचनको दिन सार्वजनिक बिदा हुने

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

काठमाडौं- यही मंसिर १६ गते आइतबार उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ।

National life

आयोगले स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक विदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउनका लागि आयोगले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो।

आयोगले मंसिर १६ मा मतदान हुने दिन स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउने मन्त्रालयलाई सिफारिस गरेको छ ।

यस्तै मंसिर १६ का दिन उपनिर्वाचन हुने स्थानीय तहका मतदातालाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाइ मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई आव्हान गरेको छ।

साथै मंसिर १३ देखि १६ सम्म मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रुपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 24, 2024| 18:57 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्