सोमबार, असोज १९, २०८३

सहमहामन्त्रीमा उम्मेदवारी दिने रामहरि खतिवडाको घोषणा

 |  सोमबार, असोज १९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सुरुमा महामन्त्री पदमा उठ्ने तयारी गरेका खतिवडाले नेता तथा कार्यकर्ताहरूसँगको छलफल र सुझावपछि रणनीति बदल्दै सहमहामन्त्रीमा जाने निर्णय गरेका छन्।

पार्टीभित्रको समन्वय, सहमति र एकतालाई ध्यानमा राखेर यो निर्णयमा पुगेको खतिवडाले बताए। 'गालीगलौज र तितो बोलेर होइन, सबैलाई समेटेर जानुपर्छ,' उनले भने, 'कांग्रेसलाई मात्रै एकताबद्ध बनाउने होइन, विगतमा बाहिरिएका नेता-कार्यकर्तासहित देशभरका सम्पूर्ण प्रजातन्त्रवादी शक्तिलाई एकै ठाउँमा ल्याउनु आजको आवश्यकता हो।'

महाधिवेशनले युवा, बुद्धिजीवी, महिला, दलित, जनजाति, पूर्वप्रजातन्त्र सेनानी तथा पिछडिएका वर्गमा नयाँ उत्साह थपेको दाबी गर्दै उहाँले आगामी दिनमा कांग्रेसलाई थप प्रभावकारी र समावेशी बनाएर लैजाने प्रतिबद्धता जनाए।

प्रकाशित: Oct 05, 2026| 18:02 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्