आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकार राहतसहितको पुनरुत्थान कार्यक्रम ल्याउने तयारीमा छ : अर्थमन्त्री शर्मा

सरकार राहतसहितको पुनरुत्थान कार्यक्रम ल्याउने तयारीमा छ : अर्थमन्त्री शर्मा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने गरी सरकारका सहयोद्धा (निजी क्षेत्र)को सरसल्लाह लिएर मात्र अगाडि बढिने उनको आश्वासन छ। सरकारको पहिलो प्राथमिकता सबै नागरिकमा खोप पुर्‍याउनु रहेको उनले बताएका थिए। 
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं‐ अर्थमन्त्री जनार्दन शर्माले राहतसहितको आर्थिक पुनरुत्थान कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका छन्। नेपाल उद्योग परिसंघको १८औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले प्रधानमन्त्रीको निर्देशनअनुसार उद्योगी/व्यापारीलाई विशेष ध्यान दिई राहत तथा पुनःस्थापना कार्यक्रम ल्याउने तयारी गरिरहेको बताएका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने गरी सरकारका सहयोद्धा (निजी क्षेत्र)को सरसल्लाह लिएर मात्र अगाडि बढिने उनको आश्वासन छ। सरकारको पहिलो प्राथमिकता सबै नागरिकमा खोप पुर्‍याउनु रहेको उनले बताएका थिए। 

'परिसंघको मेक इन नेपालले आयात प्रतिस्थापन गरी आन्तरिक रोजगारी वृद्धि हुनेछ। यसको लागि व्यक्तिमा प्राविधिक क्षमता बढाउन आवश्यक छ। देशभर साना उद्योगको विकास गर्नुपर्ने आवश्यकता छ। अन्य योजनाजस्तै यो योजना पनि बिलाएर नजाओस्,’ उनले भने। 

व्यापार घाटा कम गर्न औद्योगिकीकरण नै पहिलो शर्त रहेको बताउँदै वार्षिक २ खर्बभन्दा बढीको कृषि आयातलाई प्रतिस्थापन गर्नु प्रमुख चुनौती रहेको उनको भनाइ छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडबाट देशलाई मुक्त गर्न उद्योगपतिहरुले सहयोग गर्न अनुरोध गरेका थिए। उनले अर्थमन्त्री जनार्दन शर्माको तारिफ गर्दै भने, ‘अर्थमन्त्री शर्मा आर्थिक अवस्थालाई सुधार गर्नुहुन्छ र भिजन भएको व्यक्ति पनि हो।’ 

प्रकाशित: Jul 21, 2021| 13:13 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्