आइतबार, असोज १८, २०८३

नेपाल उद्योग परिसंघ अध्यक्षमा विष्णु अग्रवाल

परिसंघका अनुसार संस्थागत सदस्यमा गोकुल भण्डारी, कृष्ण अधिकारी र बसन्तबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। यस्तै विभिन्न सात प्रदेशबाट सात जना राष्ट्रिय परिषद्मा नियुक्त भएका छन्।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं‐ नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्वाचित भएका छन्। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार अग्रवाल अध्यक्षमा नियुक्त भएका हुन्। उनलाई परिसंघको १८औँ साधारणसभाले अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्ष थिए।

परिसंघको संस्थापक सदस्यहरुमा दीलिप अग्रवाल, शरदकुमार तिवेडढीवाला, आदित्य संघाईलगायत २० जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानका तर्फबाट वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, गुरुप्रसाद न्यौपाने, पम्पा धमाला, आशिष गर्ग, अशोक शेरचन, हितेश गोल्छालगायत १४ जना निर्विरोध निर्वाचित भएको नेपाल उद्योग परिसंघले जानकारी दिएको छ।

परिसंघका अनुसार संस्थागत सदस्यमा गोकुल भण्डारी, कृष्ण अधिकारी र बसन्तबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। यस्तै विभिन्न सात प्रदेशबाट सात जना राष्ट्रिय परिषद्मा नियुक्त भएका छन्।

राष्ट्रिय परिषद् सदस्यमा नियुक्त हुनेमा प्रदेश १ बाट भीम घिमिरे, प्रदेश २ बाट नरेन दास, बागमती प्रदेशबाट ऋषिराम घिमिरे, गण्डकी प्रदेशबाट विनोद न्यौपाने, लुम्बिनी प्रदेशबाट एजाज आलम, कर्णाली प्रदेशबाट पूर्णप्रसाद आचार्य र सुदुरपश्चिम प्रदेशबाट हेमविक्रम थापा निर्वाचित भएका छन्। परिसंघको पदेन सदस्यमा राजु पौडेल, सुरेश श्रेष्ठ, बाबुराम बोहोरा, लेखराज पोखरेल र कृष्णप्रसाद शर्मा गौतम निर्वाचित भएका छन्।

प्रकाशित: Jul 21, 2021| 12:48 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्