बिहीबार, वैशाख २०, २०८१

न छाँदको माया, न काँधको काया 

जतिसुकै राम्रो र आकर्षक भए पनि मानिसको अनुहार २० वर्षसम्म मानसपटलमा रहला। तर विचार २ हजार वर्षसम्म अमर रहन्छ। त्यसैले नेताहरुले जनताको घरमा हैन, मनमा बास बस्ने चेष्टा गर्नुपर्छ। जिन्दगीमा जब ठूलाठूला वस्तुहरु मिल्छन् तब सानालाई भुल्ने गल्ती किमार्थ नगर्नु किनकि जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन।
 |  शुक्रबार, असार २५, २०७८

संकेत कोइराला

संकेत कोइराला

शुक्रबार, असार २५, २०७८

‘खल्तीबाट पैसा चोर्ने, बिँडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२–१३ वर्षको थियो होला। तेस्रोचोटि मेरो चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्राको थियो। उनलाई लगभग २५ रुपैयाँको मामुली कर्जा लागेको थियो। त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौं। मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन। बाला काटियो, कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो। मैले भित्रभित्रै निश्चय गरें कहिल्यै चोरी गर्ने छैन। मलाई लाग्यो– मैले यो कुरा पिताजीलाई भन्नुपर्छ। मुख खुलेन। मैले चिठीमा दोष कबुल गर्दै सजाय माग गरें। चिट्ठी दिँदा मेरा हात कामेका थिए। उहाँले चिट्ठी पढ्नुभयो। आँखाबाट आँसु झार्नुभयो। चिठी आँसुले भिज्यो। म पनि रोएँ। बुबाको दुःख बुझें। यदि म चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रोसँग तयार गर्न सक्थें।’ - गान्धीको आत्मकथा

triton college

पान सिगरेटको दुकानमा रेडियोले प्रसारण गरेको सुनें– गान्धीको मृत्यु भयो। म ह्याण्ड ग्रिनेड लिएर पर्खिरहेको छु। एउटाले दिएर गइसक्यो र अर्कोले लिन लागिरहेको थियो। मलाई कत्रो ठूलो अँध्यारो महसुस भइरहेको थियो। गान्धीसित मलाई कत्रो ठूलो लगाव रहेको थियो भन्ने अनुभव मैले त्यसबखत गरेँ। मलाई त सबैथोक भताभुंग भएजस्तो लाग्यो। -विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त

‘मैले स्कुलभित्रै चुरोट लुकाएर पिउन थालें। फस्र्ट ब्वाईले नै खान थालेपछि अरु साथीलाई सजिलो भयो। चुरोट तान्यो, मुखभरिको धुवाँ आकाशतिर फाल्यो। वरिपरि धुवाँको कुइरीमण्डल हेर्न मज्जा लाग्थ्यो। धुवाँलाई फोक्सोसम्म एक फन्का लगाएर नाकबाट फाल्न पाउँदा स्कुलकै दादा भएको भान हुन्थ्यो। म सानैदेखि उटपट्याङ थिएँ। साथीभाइलाई डिट्ठा, हबल्दार, जमदार, सुबेदार बनाउँथें। आफूचाहिँ बडाहाकिम बन्थें। मैले यसरी खेलाँची सभा बसालेर कतिलाई सिस्नुपानी लगाउने आदेश दिएको छु।’ - रुक्माङ्गद कटवाल, आत्मकथा
                                              
न त कवि गनिएको हुँ न ता भाष्यकार
न त बुझ्दछु केही काव्य संसार सार
बनिकन कविजस्तै तै पनी फुर्ति साथ
अघि शरद छ सित्तैं चञ्चले लेखनाथ। 

नेपाली साहित्यमा भूत, वर्तमान, भविष्य मात्र होइन, समय र प्रकृतिका केस्राकेस्रा चिरफार गरेर कविता लेख्ने सिद्धहस्त कवि लेखनाथ पौड्याल जनताले ‘शिरोमणि’ को उपाधि दिइसक्दा पनि आफ्नो स्वमूल्यांकनमा भने काँचै रहेछन्। यी महान् आत्माले बुद्धि विनोद, ऋतुविचार, तरुण–तपसी, कालमहिमाजस्ता कालजयी कृतिमार्फत शाश्वत सत्य मात्र प्रकट गरेनन्, गुणी व्यक्तिलाई वृक्षसँग तुलनाको जीवन्त उपमा दिएर उनले आफ्ना कवितालाई नेपाली समाजको भाषिक स्तरमा रूपान्तरित गराए। समाजबाट उत्खनन् गरेका शब्दभाव उनले समाजलाई नै अर्पिए। 

आज पनि नेपाली धरामा लोकले स्वीकृत दिएको साहित्यिक भावधारा तिनै लेखनाथका लेखनीबाट सिर्जित पंक्तिबाट श्रीगणेश गरिन्छ। नर्सरी कक्षाका शिशुदेखि शताब्दी उमेरसम्म पनि कविशिरोमणिलाई शिरमा धारण गर्न गौरव गर्छन्। धरणीधर कोइरालाको ‘जाग न जाग’जस्ता कविताले त्यस बेलाका क्रान्तिवीरहरुलाई यसरी जगायो, बन्दुकको नालमाथि विजय पाउन युवाहरु रणमैदानमा ओर्लिए। गोपालप्रसाद रिमालको ‘आमा’ कविताको भावभूमि त विचित्रैको छ। जुन अहिले पनि आलै छ। जस्तासुकै पानीमरुवालाई पनि यी पंक्तिले जोश भर्ने तागत राख्छ। राजनीतिक क्रान्ति भलै नहोस्, भानुभक्तले कविताबाटै घुस्याहा डिट्टा, विचारीहरुको उछित्तो काडे। आफ्नै साथी गजाधर सोतीकी श्रीमतीको असभ्य र अशिष्ट व्यवहारलाई उनले कलमबाट बाहिर ल्याएर अरुलाई सचेत गराए। 

corrent noodles
Metro Mart

अहिले बजारमा बर्सिने मपाईंत्वको प्रायोजित विज्ञापन सुन्दा, पढ्दा कुरीकुरी मान्नुपर्ने अवस्था छ। उनीहरू लुगा नलगाई जन्मिएको देखेर यो सृष्टि थेग्ने जिम्मेवारी कुनै बेला आफ्नै काँधमा रहेको अर्थ लाग्नेसम्मका भाव प्रकट गर्न पछि परेका छैनन्।

संसारमा नयाँ भनेको केही हुँदैन। नयाँ भनेको प्रयोगको चलाखी मात्र हो। सम्पत्ति नामको राती गेडी एउटा कलम र कागज भएको एउटा कविले समाजमा यत्रो तरंग ल्याउन सक्छ। चेतनाको छालमा समाजलाई पौड्याउन सक्छ। सत्मार्ग हिँड्नेले एक्काइसौं शताब्दी मात्र होइन पाषाण युगबाट पनि उत्तिकै मार्गदर्शन पाउन सक्छ। सच्चा मानिसले कमिलाबाट पनि मेहनत सिक्न सक्छ। त्यो मेहनत सार्थक हुँदा मह जम्मा गर्न मौरी पालिरहन जरुरी छैन। मेहनतीले झारपातबाटै मह बनाउन सक्छ। आगो काठभित्र हुन्छ। त्यसैले त्यो बल्छ। काठभित्रको आगो चिन्न अन्तरचक्षु सक्रिय हुनुपर्छ। त्यसैले भनिन्छ नि– भाले नबासेर बिहान हुन कहाँ रोकिएको छ र?

नेपाली साहित्यका बाचाल बादशाहहरुले सधैं सिकाइमै आफ्नो जीवन उत्सर्ग गरे। प्रकृतिको पूजा गरे। आत्माको आवाजलाई गीता, बाइबल र कुरान माने। हरेक बोलीमा साहित्यको एउटा विधा बर्साउने लक्ष्मीप्रसाद देवकोटाले जीवनको उत्तरार्धमा उद्घोष गरे– ‘मुनामदनबाहेक मेरा सवै कृति जलाइदिए हुन्छ।’ हुन पनि त्यो विराट् व्यक्तित्व साहित्यकै लागि जन्मियो, साहित्यमै मर्‍यो। देवकोटालाई उपचारमा लागेको ऋण त्यस बखतको सरकारले तिरिदिनुपरेको थियो। बीपी कोइराला, टंकप्रसाद आचार्यजस्ता राजनेता जन्मिए। प्रजातन्त्र र राष्ट्रियताका सबालमा बीपी सधैं सतिसालझैं उभिए। आचार्य यस्ता कूटनीतिक महारथी थिए, जसले चीन र जापानबीचको वैमनस्यलाई शान्तिदूत भएर सामान्य बनाएका थिए। 

सुनको गहनाले प्रचार नखोजेजस्तै सच्चा मानिसले आफ्नो विज्ञापन खोज्दैन। तर अहिले बजारमा बर्सिने मपाईंत्वको प्रायोजित विज्ञापन सुन्दा, पढ्दा कुरीकुरी मान्नुपर्ने अवस्था छ। उनीहरू लुगा नलगाई जन्मिएको देखेर यो सृष्टि थेग्ने जिम्मेवारी कुनै बेला आफ्नै काँधमा रहेको अर्थ लाग्नेसम्मका भाव प्रकट गर्न पछि परेका छैनन्। आत्मरतिले उनीहरूलाई नै लिलिपुट बनाउँदै लगेको छ। किताब लेख्नु, केबलकारमा चन्द्रागिरी डाँडो चढ्नु, ठूलो पिलेन चढेर एकपटक विदेशका चिल्ला सडक र समुद्रका फोटा हालेर आफ्नो धरा सराप्नु प्रारम्भिक योग्यता भएका छन्। 

लवाइ–खवाइ र कागजी चिर्कटोमा पाएको प्रमाणपत्र हेर्ने हो भने हाम्रा नेताहरु एक से एक छन्। घरमा र्‍याकभरि किताब राख्छन्। पुस्तक मेला, लोकार्पण कार्यक्रममा हाँप र झाँप गर्दै हजारौंको किताब किन्छन्। तर उदेकलाग्दो यिनीहरु पढ्छन् चाहिँ के?

डा. रामवरण यादव, डा. बाबुराम भट्टराई, रमेशनाथ पाण्डे, रुक्माङ्गद कट्वाल, छत्रमान गुरुङ, रेवतीरमण खनाल, सुवसेन ओली, हृषिकेश शाहकृत किताबमा बखानका थाती छन्। जुन देशको अर्थतन्त्र माइनस हुनबाट बालबाल जोगिएको छ, ती देशका बर्दीधारीले त्यागको बिस्कुन सुकाउनुको जमिन के रहन्छ? जसरी दाम्लो जतिसुकै लामो बाटे पनि त्यसको निष्कर्ष गाँठोमा गएर टुंगिन्छ, त्यसरी नै देशमाथि लगाइएको गुनको परिणाम पनि आर्थिक विकासको सूचकांक नै हो। 

एकातिर खेताला खोजेर लेखक बनेका उपदेशकहरु आफ्नो बखानमा खस्रे भ्यागुतोझैं फुलेका छन् भने अर्कातिर यो देशका नागरिक सरकारी सेवा लिँदा दर्ता चलानीमा समेत सलामी तिर्न बाध्य छन्। हामीलाई दरिद्र देशको त्यो नागरिक करार गरिएको छ– जुन देशको पासपोर्ट बोकेर हिँड्दा पाइलापाइलामा मर्नुपर्छ। अर्काको आँगनको दुबो हरियो देख्ने रोगले यस्ता विकृतिको उपचार गर्ने जाँगर कसैमा देखिँदैन। आँसुमा ९९ प्रतिशत भाव एक प्रतिशत पानी हुन्छ रे! नेपालीको नियति त्यहाँभन्दा माथि उठ्ने लक्षण देखिँदैन। 

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई कसैले सोध्यो– ‘तपाईं साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नुभयो?’ लिंकनले मुस्कुराउँदै जवाफ दिए– ‘मैले आफ्नो जीवनमा पाइलापाइलामा परीक्षा लिएँ, हरेक असफलताबाट केही कुरा सिकें। सम्हालिएँ र आफ्नो त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदै गएँ। मेरो सफलताको रहस्य यही नै हो।’ लवाइ–खवाइ र कागजी चिर्कटोमा पाएको प्रमाणपत्र हेर्ने हो भने हाम्रा नेताहरु एक से एक छन्। घरमा र्‍याकभरि किताब राख्छन्। पुस्तक मेला, लोकार्पण कार्यक्रममा हाँप र झाँप गर्दै हजारौंको किताब किन्छन्। तर उदेकलाग्दो यिनीहरु पढ्छन् चाहिँ के? सुसंस्कारयुक्त मानिसको गति मति यस्तै हुन्छ ? उनीहरुको जीवनमा किताबी ज्ञानको थोरै तत्त्वबोधले प्रवेश पाएको देखिँदैन। रामायण पढ्छन् तर महाभारत मच्चाउँछन्। हातमा गीता लिन्छन्। बाइबलको विवादमा फस्छन्। बाटो र माटोको अन्तर भेउ पाइन्न भने त्यस्तो ज्ञानको के अर्थ? 

हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन्। तराईबासी हिमालय पर्वतमा विराजमान महादेवको पूजा आराधना गर्छन्। प्रकृतिले मिलाएको सन्तुलन बिगार्न खोज्नेहरु आफैं खरानी हुने निश्चित छ। 

भनिन्छ– गुरुले ज्ञान बाँड्छन् अनि शिक्षकले सूचना। सायद गुरुको ज्ञान हैन, शिक्षकको सूचना हाम्रा लागि मूलमन्त्र बन्दै गएको छ। पढेर अक्षर बाच्ने मात्रको यस्तै घामट योग्यता ग्रहण गर्ने हो भने संसारबाटै कागज कारखाना बन्द गरिदिए केही फरक पर्दैन। दूध खाएर सर्पझै‌ं विष निकाल्ने हो भने त्यो ज्ञानको अर्थ छैन्। बरु ज्ञान भनेको त घाँस खाएर दूध दिने गाईभैंसी जस्तो पो हुनुपर्छ त। नेताहरुले साँच्चै पढ्ेकै हुन् भने या पढ्नकै लागि किताबको ठेलीले दराज भरेका हुन् भने लेखनाथको ‘काल महिमा’ ले किन पेट पोल्दैन? भानुभक्तको ‘प्रश्नोत्तर’ ले केही गरौं भने अभिलाषा किन जाग्दैन? धरणीधरको जागरण कविताको गद्यधाराले किन अल्छी पखाल्दैन? माधव घिमिरेको ‘राष्ट्र निर्माता’ काव्यले देश केक बनाउने विक्षिप्त मानसिकतामा किन परिवर्तन ल्याउँदैन? भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ को व्यंग्यले किन कसैको ह्याकुलोमा प्रहार गर्दैन? अनि युवा स्रष्टा बुद्धिसागरको ‘कर्नाली ब्लुज’ र अमर न्यौपानेको ‘सेतो धरती’ कृतिले आफ्नो औकात नभुल्न किन प्रेरित गर्दैन?

जर्ज बर्नाड शाले भनेका छन्– ‘पढ्नुपर्छ भन्ने सबैलाई थाहा छ। तर के पढ्नुपर्छ भन्ने कसैलाई थाहा छैन।’ सम्भवतः नेताहरु यही अभिव्यक्तिको सिकार भए। नपढेको पुस्तक, नहिँडेको बाटो, प्यास नमेटिने पानीको के स्वाद हुन्छ र जिन्दगीमा? जतिसुकै ठूलो समुद्रमा पौडिए पनि मानिसको तिर्खा मेट्ने तागत त त्यही तिरतिरे धाराले राख्छ। समुद्रको नुनिलो पानीले तिर्खा बढाउँछ। घटाउँदैन। जतिसुकै राम्रो र आकर्षक भए पनि मानिसको अनुहार २० वर्षसम्म मानसपटलमा रहला। तर विचार २ हजार वर्षसम्म अमर रहन्छ। त्यसैले नेताहरुले जनताको घरमा हैन, मनमा बास बस्ने चेष्टा गर्नुपर्छ। जिन्दगीमा जब ठूलाठूला वस्तुहरु मिल्छन् तब सानालाई भुल्ने गल्ती किमार्थ नगर्नु किनकि जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन। अबको युग अन्त्यहीन सीमा र अन्तरिक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो। 

त्रिशूल, गाईको फोटो, धनुकाँडको जामा बोकेर संविधानमा अधिकारको सवाल उठाउनु भनेको असभ्यताको पराकाष्ठा हो। धर्म, संस्कृति भनेको व्यक्तिभित्रको सन्तुलन हो। आत्मानुशासन हो। यो खैंजडी बनाउने विषय होइन। हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन्। तराईबासी हिमालय पर्वतमा विराजमान महादेवको पूजा आराधना गर्छन्। प्रकृतिले मिलाएको सन्तुलन बिगार्न खोज्नेहरु आफैं खरानी हुने निश्चित छ। 

राम्रो काम गर्नेका लागि हरेक समय शुभसाइत हो। देश बनाउनेहरुले अण्डाको पनि माया गर्ने अम्लेट पनि खान खोज्ने आरिस गर्नु हुँदैन। एउटा पुस्ताले आफ्नो जीवन दाउमा नराख्ने हो भने अर्को पुस्ताको जीवनयापन सरल बन्नै सक्दैन।

नेपालमा आएका राजनीतिक परिवर्तनको स्वभाव छाते च्याउजस्तै बर्खे झरी आउनासाथ अस्तव्यस्त हुने खालको देखिने गरेको छ। रुख भए फल खान पाइने हो, तर जरैसँग रुख ढालिएपछि न भूतो न भविष्यको खाडलमा जाकिनुको विकल्प छैन। मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत समयमै आउनु जरुरी छ। नत्र यी सबै प्रयास एक मुठी खरानीका लागि घर पोल्ने निरर्थक खेल हुनेछन्। 

राम्रो काम गर्नेका लागि हरेक समय शुभसाइत हो। देश बनाउनेहरुले अण्डाको पनि माया गर्ने अम्लेट पनि खान खोज्ने आरिस गर्नु हुँदैन। एउटा पुस्ताले आफ्नो जीवन दाउमा नराख्ने हो भने अर्को पुस्ताको जीवनयापन सरल बन्नै सक्दैन। लोकतन्त्र र सुशासन एकअर्काका पर्यायवाची शब्द हुन्। साँचो लोकतन्त्रमा कसैको मान मर्दन हुँदैन। कसैबाट हुनु हुँदैन। सबैको विचार र भावना अटाउने वातावरण नै प्रजातन्त्रको न्यूनतम आधारशिला हो। भगवान् गौतम बुद्धले भन्नुभएको छ– ‘एकदमै निन्दित या एकदमै प्रशंसित मानिस न उहिले थियो, न आज छ! न भोलि हुनेछ।’ बुद्धवाणी सम्झेर हामी उचनीचबाट माथि उठ्नु आवश्यक छ। sanketkoirala07@gmail.com

प्रकाशित: Jul 09, 2021| 05:26 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...