शनिबार, असार ६, २०८३

पानी पार्ने बादल पूर्वतिर सर्दै, सतर्कता अपनाउन अनुरोध

 |  सोमबार, वैशाख २९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०८२

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल चितवन, मकवानपुर, बारा र पर्सा आसपास पानी पर्ने बादल रहेको जानकारी दिएको छ।

National life

यी ठाउँमा मेघ गर्जन र चट्याङसहितको पानी परिरहेको छ । उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

यसैबीच आज काभ्रेपलाञ्चोकको पनौतीमा ४१ मिलिमिटर वर्षा भएको छ। पनौतीस्थित रोशीखोला केन्द्रमा १२ घण्टाको अवधिमा ४१ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

यो भनेको मध्यम खालको वर्षा हो। १० मिलिमिटर भन्दा बढी र ५० मिलिमिटर भन्दा कम पानी पर्नुलाई मध्यम खालको वर्षा भनिन्छ ।

भारतको बिहार आसपासबाट पानी पार्ने प्रणाली बागमती प्रदेश प्रवेश गरेको छ। 

Shivam cement

प्रकाशित: May 12, 2025| 21:34 सोमबार, वैशाख २९, २०८२
प्रतिक्रिया दिनुहोस्