शुक्रबार, पुस ११, २०८२

पनौतीमा भीषण वर्षापछि बाढी, एकजना बेपत्ता

 |  सोमबार, वैशाख २९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०८२

काभ्रेको पनौतीमा आज भीषण वर्षा भएको छ। वर्षाले पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा क्षति भएको छ। 

National life

कुलोले बगाउँदा पनौती नगरपालिका-५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी प्रहरीले जनाएको छ।

गत असोजमा आएको ठूलो बाढीले क्षतविक्षत पारेका र अस्थायी रुपमा निर्माण गरिएका खानेपानीका पाइप अहिलेको बाढीले बगाएको छ। असोजको बाढीपछि निर्माण गरिएको ३ किलोमिटर अस्थायी बाटो पनि बगाएको छ। 

आलु खन्ने बेलाका खेत डुबानमा परेका छन्। आजको वर्षापछि रोशी खोलामा पुनः बाढी आएको छ। गत असोजको बाढीमा परी पनौती नगरपालिकामा मात्रै २२ जनाको निधन भएको थियो।

प्रकाशित: May 12, 2025| 20:44 सोमबार, वैशाख २९, २०८२
प्रतिक्रिया दिनुहोस्