सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जोखिममा बालबालिका, यस्ता लक्षण देखिए हुन सक्छ पोस्ट कोभिड

जोखिममा बालबालिका, यस्ता लक्षण देखिए हुन सक्छ पोस्ट कोभिड

बालबालिकामा पोस्ट कोभिडको समस्या बढ्दै गएको छ। कोरोना निको भइसकेका वा कुनै बेला कोरोना संक्रमित भएका बालबालिकालाई पोस्ट कोभिडको समस्याले सताउन थालेको चिकित्सक बताउँछन्।
 |  बिहीबार, असार १७, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, असार १७, २०७८

vianetvianet

काठमाडौं– बालबालिकामा पोस्ट कोभिडको समस्या बढेको छ। अभिभावकलाई कोरोना संक्रमण भएका बालबालिकामा यस्ता समस्या धेरै देखिएका छन्। चिकित्सकहरुले सजगता नअपनाउने हो भने जोखिम अझै बढ्न सक्ने सचेत गराएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पनि कोरोना संक्रमितको सम्पर्कमा आएका बालबालिका जाेखिममा रहने भन्दै तत्काल अस्पताल लैजान अपिल गरेको छ।

triton college

काठमाडौंका ११ वर्षका रोहित थपलिया (नाम परिवर्तन) लाई गत वैशाखमा अभिभावकले कान्ति बाल अस्पताल पुर्‍याए। रोहितलाई पेट दुख्ने, आँखा रातो हुने र शरीरमा रातो डाबर देखिने समस्या थियो। अभिभावकले चिकित्सकसँग उनलाई त्यसअगाडि कुनै पनि स्वास्थ्य समस्या नभएको सुनाए। अभिभावकलाई चाहिँ चैतमा कोरोना संक्रमण भएको थियो।

चिकित्सकले रोहितलाई पनि यसअघि कोरोना भएको हुन सक्ने र त्यसैको असर भएको निष्कर्ष निकाली भर्ना गर्न आग्रह गरे। तर अभिभावकले रोहितलाई कोरोना संक्रमण नभएको भन्दै घरमा लगे र औषधि चलाए। उनलाई घाँटी दुख्ने, बान्ता वा पखाला लाग्ने, छाला, ओठ वा नङ नीलो हुने लगायतका समस्या थपिँदै गयो। तीन दिनपछि फेरि अभिभावकले कान्ति पुर्‍याए।

अहिले अस्पतालमा यस्ता समस्या लिएर आउनेको संख्या बढ्दै गएको छ। उनले भने, ‘कतिपय अभिभावकले बालबालिकालाई भर्ना गर्नु हुन्छ कतिपयले मान्नु हुन्न।’ 

त्यतिबेला उनको अवस्था गम्भीर भइसकेको थियो। अन्ततः रोहितलाई चिकित्सकले बचाउन सकेनन्। अस्पतालका बालरोग विशेषज्ञ डा. सुमित अग्रवाल भन्छन्, ‘पहिलोपटक अस्पताल ल्याउँदा भर्ना गरेको भए बचाउन सकिन्थ्यो। पछि सिकिस्त भएपछि आउनुभयो, बचाउन सकिएन।’ अहिले अस्पतालमा यस्ता समस्या लिएर आउनेको संख्या बढ्दै गएको छ। उनले भने, ‘कतिपय अभिभावकले बालबालिकालाई भर्ना गर्नु हुन्छ कतिपयले मान्नु हुन्न।’ 

National life insurance

गत वैशाखमा भक्तपुरका एक परिवारका सबै सदस्य कोरोना संक्रमणबाट मुक्त भए। २० दिनपछि ७ वर्षीय छोरालाई स्वास्थ्यमा समस्या देखिन थाल्यो। ज्वरो आयो, चिकित्सकलाई सम्पर्क गरी चिकित्सकको परामर्शअनुसार औषधि खुवाए। तर ज्वरो कम नभएपछि उनीहरु बालरोग विशेषज्ञ अग्रवालकहाँ पुगे।

अस्पताल पुग्दा उक्त बालकको ओठ नीलो हुने, आँखा रातो हुने लगायत समस्या थियो। उनीहरुको स्वास्थ्य अवस्था बुझ्दा डा. अग्रवालले पोस्ट कोभिडको आशंका गरे र भर्ना गर्न लगाए। अन्ततः उनलाई बालबालिकामा हुने मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम (एमआईएससी) भएको पत्ता लाग्यो। चिकित्सकले उपचार सुरु गरे। ती बालक निको हुने क्रममा रहेको डा. अग्रवाल बताउँछन्। 

बालबालिकामा पनि पोस्ट कोभिडको समस्या बढ्दै गएको छ। कोरोना निको भइसकेका वा कुनै बेला कोरोना संक्रमित भएका बालबालिकालाई पोस्ट कोभिडको समस्याले सताउन थालेको चिकित्सक बताउँछन्। 

मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम (एमआईएससी) भनेको कोरोना संक्रमित भइसकेका बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छालाजस्ता अंग सुन्निने समस्या हो। बालबालिकाका यस्ता समस्या लिएर अभिभावक दिनहुँजसो अस्पताल पुग्ने गरेका छन्।  कान्ति अस्पतालमा पुसदेखि यता यस्ता समस्या भएका ४५ भन्दा धेरै बालबालिका भर्ना भइसकेका छन्। अस्पताल भर्ना भएका बालबालिकामा ज्वरो आउने, सास फेर्न गाह्रो हुने, बान्ता गर्ने, पखला हुने, शरीरमा डाबर आउने लगायतका समस्या देखिएका थिए।

के हो एमआईएससी?

मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम एसोसिएट विथ कोभिड १९ (एमआईएससी) भनेको कोरोना संक्रमित भएर निको भइसकेका बालबालिकामा मुटु, फोक्सो, मिर्गौला, छालाजस्ता अंग सुन्निने समस्या हो। कतिपयले यस्ता समस्यालाई कावासाकी रोग पनि भन्छन्। कावासाकी रोग पाँच वर्षमुनिका बालबालिकामा देखिने रोग हो। यो रोग लागेका बालबालिकामा मुटुको धमनी सुन्निने, ज्वरो आउने, आँखा रातो हुने, शरीरमा खटिरा आउने, हातखुट्टा सुन्निने हुन्छ। 

डा. अग्रवाल भन्छन्, ‘२०२० मा इंग्ल्यान्डमा पहिलोपटक ८ जना बालबालिकामा यस्तो समस्या देखिएको थियो।’ डा. अग्रवालका अनुसार एमआईएससी ‘टक्सिक सक सिन्ड्रोम’, ‘कावासकी’ सँग मिल्दोजुल्दो संक्रमण देखिएको थियो। कावासकी भन्नाले मुटुको धमनी सुन्निने रोग हो।

सोही रोगसँग मिल्दोजुल्दो रोगका बिरामी बालबालिकाको संख्या बढेपछि कोभिडसँग सम्बन्ध देखिएको थियो। यस्ता समस्यालाई अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रल एन्ड प्रिभेन्सन (सीडीसी) ले गत मेमा मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम (एमआईएससी) नामकरण गरेको थियो। कावासाकीभन्दा यो अझ कडा रुप हो। यसमा मल्टी सिस्टमको संलग्न हुन्छ। दुई भन्दा धेरै अंगमा असर गरेको देखिएमा एमआईएससी भनिने डा. अग्रवाल बताउँछन्। तर कावासाकी अन्य भाइरल डिजिजका कारण पनि हुन सक्ने उनको भनाइ छ।

चिकित्सकका अनुसार यस्ता समस्या भएका बालबालिकामा तीन दिनभन्दा धेरै उच्च ज्वरो आउने, मुटुको धमनी सुन्निने, कडा खालको निमोनिया भएर अक्सिजन आवश्यक पर्ने, मिर्गौलामा समस्या देखिन सक्ने, रगतमा प्लेटलेट घट्ने, हेमोग्लोबिन घट्न सक्छ। 

चिकित्सकका अनुसार यस्ता समस्या भएका बालबालिकामा तीन दिनभन्दा धेरै उच्च ज्वरो आउने, मुटुको धमनी सुन्निने, कडा खालको निमोनिया भएर अक्सिजन आवश्यक पर्ने, मिर्गौलामा समस्या देखिन सक्ने, रगतमा प्लेटलेट घट्ने, हेमोग्लोबिन घट्न सक्छ। अग्रवाल भन्छन्, ‘बालबालिकाको हेल्थ हिस्ट्री नियाल्दा प्रायः २ देखि ६ हप्ताअघि कोभिड भएको वा कोभिडको सम्पर्कमा आएको पाइएको छ।’ 

एमआईएससीमा बालबालिकामा कस्ता लक्षण देखिन्छन्? 

चिकित्सकका अनुसार बालबालिकामा उच्च ज्वरो आउने, पेट दुखिरहहने, बान्ता हुने, पखाला लाग्ने, घाँटी दुख्ने, थकान महसुस हुने, आँखा रातो हुने, पिसाबमा रगत देखिने लगायतका समस्या देखिन्छ। तर केही जटिल समस्या पनि देखिन्छन्। जस्तै श्वासप्रश्वासमा कठिनाइ हुनु, कमजोर महसुस हुनु, हातखुट्टा सुन्निनु, छातीमा दुखाइ बढ्नु, ओठ तथा अनुहार नीलो हुनु यसका लक्षण हुन्। 

लगातार तीन दिनदेखि ज्वरो आउने, शरीरमा डाबर देखा पर्ने, बान्ता वा पखाला हुने, रक्त नली सुनिने, आँखा रातो हुने, सास फेर्न गाह्रो हुने, प्रेसर लो हुने, ओठ रातो हुने र फुट्ने जस्ता लक्षण देखापरे तत्काल चिकित्सक कहाँ गएर उपचार गराउन उनले आग्रह गरेका छन्।
बढ्दैछन् बिरामी 

त्रिवि शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा. र्सिजना बस्नेतका अनुसार अस्पतालमा हालसम्म सात बालबालिकामा यस्ता समस्या देखिएका छन्। दोस्रो लहरमा धेरै कोरोना संक्रमित भएका छन्। अबको यस्ता समस्या झनै बढ्न सक्ने उनी बताउँछिन्। 

बालरोग विशेषज्ञ डा. अग्रवालका अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएका सात बालबालिकामध्ये चार जनाको मृत्यु एमआईएससीका कारण भएको छ। अहिले पनि अस्पतालमा १५ जनाभन्दा धेरै कोरोना संक्रमित बालबालिकाको उपचार भइरहेको छ। 
त्रिवि शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा. र्सिजना बस्नेत अस्पतालमा हालसम्म सात बालबालिकामा यस्ता समस्या देखिएकाे बताउँछिन्। उनी भन्छिन्, 'दोस्रो लहरमा धेरै कोरोना संक्रमित भएका छन्। अब यस्ता समस्या झनै बढ्न सक्छ।' 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल हालसम्म ८० जना बालबालिकामा यस्ता समस्या देखिएको बताउँछन्। यस्ता समस्याबाट बालबालिकालाई जोगाउन अभिभावकलाई सचेतना अपनाउन मन्त्रालयले आग्रह गरिसकेको छ। तेस्रो लहरमा बालबालिकालाई जोखिम रहेको भन्दै मन्त्रालयले तयारी पनि थालेको छ। 

'अभिभावक चनाखो बन्नुपर्छ'

पहिलो र दोस्रो चरणमा गरी १८ वर्षमुनिका ६ हजार ६ सयभन्दा धेरै बालबालिका कोरोना संक्रमित भइसकेका छन् भने ८५ बालबालिकाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांक छ। कोरोना संक्रमित वा संक्रमितको सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म लगातार ज्वरो आएमा तत्काल अस्पताल लैजान स्वास्थ्य मन्त्रालयले अभिभावकहरुलाई अपिल गरेको छ। डा. अग्रवाल भन्छन्, ‘बालबालिकामा यसको लक्षण देखिन साथ चिकित्सकलाई देखाउनुपर्छ। समयमै अस्पताल पुर्‍याएमा उपचार सम्भव हुन्छ।’ 
 

प्रकाशित: Jul 01, 2021| 06:53 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।