आइतबार, भदौ ७, २०८३

आन्तरिक हवाई उडान सुरु

आजबाट आन्तरिकतर्फको हवाई उडान सुरू भएको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– आजबाट आन्तरिकतर्फको हवाई उडान सुरू भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार आज देशका बिभिन्न गन्तव्यमा ६४ उडान हुने छन्। अब यी उडानले दैनिक निरन्तरता पाउने प्राधिकरणले जनाएको छ।

प्राधिरकणले बिहान ६ देखि बेलुकी ६ बजेसम्म उडान तालिका सार्वजनिक गरेको छ। असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले उडान स्वीकृति दिएसँगै प्राधिकरणले वायु सेवा कम्पनीहरूसँग छलफल गरी बिहीबारबाट आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने  निर्णय गरेको थियो। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान करिब २ महिना पछि खुला भएको हो। 

अब बुद्ध एयरका ३१, यती एयरका १५, श्री एयअरका सात, सौर्य एयअरका तीन, नेपाल एयरका दुई, तारा एयअरका दुई, समिट एयअरका दुई र सीता एयरका दुई बिहानले नियमित उडान गर्नेछन्।

प्रकाशित: Jul 01, 2021| 02:18 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।