काठमाडौं- मेलम्ची बजारलगायत तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले बुधबार बेलुकिदेखि लगातार भइरहेको वर्षाले सिन्धुपाल्चोकका शर्माथाङ्ग, धाप र चौतारा क्षेत्रमा वर्षा भइरहेकाले मेलम्ची बजारलगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको हो। लगायतारको वर्षाले मेलम्चिमा पानी बढ्नसक्ने पूर्वानुमान गर्दै महाशाखाले उच्च सावधानी अपनाउन भनेको छ।
असार १७ बिहान ७ बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 1, 2021
सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुका देखि लगातार मध्यम देखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना; मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔँ। pic.twitter.com/k8qyZG7p81