आइतबार, भदौ ७, २०८३

पूर्वकुलपति काइँलाको स्वास्थ्यमा सुधार

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ। एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा  उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार  आएको हो।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ। एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा  उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार  आएको हो।

नेपाली साहित्यमा आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवं मुन्धुम दर्शनका आधिकारिक व्याख्याता काइँलाको स्वास्थ्योवस्था बुझ्न बुधबार प्रतिष्ठानका प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य एवं साहित्य (पद्य/काव्य) विभाग प्रा. डा. हेमनाथ पौडेललगायत अस्पताल पुगेका थिए।

शरीरको दायाँ भाग सुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको सदस्यसचिव उपाध्यायले बताए।

यसअघि काइँला आईसीयूमा रहँदा कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव उपाध्यायले अस्पताल पुगी काइँलाकी छोरी नामोती नेम्बाङ, उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

प्रकाशित: Jul 01, 2021| 01:02 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।