आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सवारी ज्यान मुद्दामा सांसद बिन्दिया कार्कीका छोरा कारागार चलान

सवारी ज्यान मुद्दामा सांसद बिन्दिया कार्कीका छोरा कारागार चलान

सवारी ज्यान मुद्दामा विराटनगर- ५ बरगाछीका २४ वर्षीय रोविन कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन्। 
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

विराटनगर- सवारी ज्यान मुद्दामा विराटनगर- ५ बरगाछीका २४ वर्षीय रोविन कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन्। मादक पदार्थ सेवन गरेर कार चलाउँदा एक मजदुरको मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरी कार दुर्घटना गराएको आरोपमा रविनसिंह कार्की बुधबार पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

कार्कीविरुद्ध सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ मा मोरङ अदालतमा मंगलबार अभियोग दर्ता गराएको थियो। अभियुक्तलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवना मागदाबी राखेर अभियोग दर्ता भएको छ। 

गत जेठ २० गते राति प्रदेश सांसद बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए। ठक्कर दिने कार चलाउने रोविन सांसद कार्कीको छोरा हुन्।

मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजालाशले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।

मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टील उद्योगका कामदार हुन्। मदिरा सेवन गरेपछि कार्कीले चलाएको कार दुर्घटना भएको थियो। दुर्घटना भएको तीन दिनपछि कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित: Jun 30, 2021| 13:39 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।