आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीनै जना पुर्पक्षका लागि कारागार चलान

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीनै जना पुर्पक्षका लागि कारागार चलान

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

सुर्खेत- राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

सुर्खेत जिल्ला अदालतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भुपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले कारागार चलान गरेको हो।

अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो। आज भएको धुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो।

गएको जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुर्व्यवहार गरेका थिए। होटलमा पुर्‍याएर यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचारहरु

राउटे युवतीहरूमाथि यौन दुर्व्यवहार, तीन जना पक्राउ

राउटे मुखिया भन्छन्- जनताले दुःख पाउन थाले, प्रहरी राखिदेऊ

असुरक्षा बढेपछि राउटे बस्ती सिल

पीडित राउटे युवती झनै असुरक्षित : आफ्नै समुदायभित्रैबाट दण्डको खतरा

एउटा खोज : युट्युबरको हस्तक्षेपले यसरी खलबलियो राउटे युवतीको जीवन

 

 

 

प्रकाशित: Jun 30, 2021| 12:44 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।