आइतबार, भदौ ७, २०८३

जनकपुरमा प्रधानमन्त्री ओलीको पुतला दहन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको भन्दै जनकपुरधाममा संयुक्त विद्यार्थी संगठनले पुतला दहन गरेको छ। 
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको भन्दै जनकपुरधाममा संयुक्त विद्यार्थी संगठनले पुतला दहन गरेको छ। 

प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसदलाई पुनः विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका विद्यार्थी संगठनले संयुक्तरुपमा जनकपुरधाम नगरमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुतला दहन गरेका हुन्।

विद्यार्थीहरुको प्रदर्शन जनकपुरधामको रेल्वे स्टेशन हुँदै भानु चोक, शिव चोक र जनक चोक हुँदै कोणसभामा परिणत भएको थियो।

अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधर अनेरास्ववियु धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायतले जनकपुरधाम नगरमा संयुक्त प्रदर्शन गरेका थिए।

प्रकाशित: Jun 30, 2021| 11:37 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।