आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक अंगका पदाधिकारी नियुक्ति बदरको माग गर्दै पूरक रिट दर्ता

संवैधानिक अंगका पदाधिकारी नियुक्ति बदरको माग गर्दै पूरक रिट दर्ता

सवैधानिक अंगहरुमा २० पदाधिकारीको नियुक्ति बदरको माग राख्दै सर्वोच्च अदालतमा पूरक रिट दर्ता भएको छ। 
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- सवैधानिक अंगहरुमा २० पदाधिकारीको नियुक्ति बदरको माग राख्दै सर्वोच्चअदालतमा पूरक रिट दर्ता भएको छ। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले असार १० गते २० जनालाई विभिन्न आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टिमै गैर संवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदरको माग गर्दै सर्वोच्चमा पेस गरेको पूरक रिट सर्वोच्च प्रशासनले आज दर्ता गराएको हो। 

रिटमा अन्तिम टुंगो नलागेसम्म नियुक्त भएकाहरुलाई आयोगहरुको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम आदेशसमेतको माग गरिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए।

प्रकाशित: Jun 30, 2021| 11:18 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।