आइतबार, भदौ ७, २०८३

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। दसौं महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णयसँगै केन्द्रीय कमिटीको बैठक डाकिएको हो।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं– नेकपा एमालेले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। दसौं महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णयसँगै केन्द्रीय कमिटीको बैठक डाकिएको हो। महाधिवेशन आयोजक कमिटीको बैठककाे निर्णयअनुसार  माओवादी केन्द्रबाट आएका नेताहरु पनि एमालेमै यथावत् रहने भएका छन्।

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले साविक स्थायी कमिटीमा नरहेका तर नेकपा कालमा रहेका नेताहरु स्थायी कमिटीमा रहने निर्णय गरिएको जानकारी दिए । ‘अब धेरै तितामिठा कुरा गरेर हुँदैन,’ उनले भने, ‘सबै मिलेर पार्टी एकतालाई बलियो बनाएर अघि बढ्नुपर्छ।’

‘महाधिवेशन केन्द्रित गर्ने गरेर आयोजक कमिटी बनाइएको थियो। सर्वोच्च अदालतले जेठ २७ मा फैसला गर्‍यो। महाधिवेशन आयोजक कमिटीका अधिकारमािथ प्रश्न उठाएको थियो,’ उनले भने,‘ अदालतको फैसला त्रुटिपूर्ण छ नै आफ्नो पार्टीले बनाएको विधानअनुसार पार्टी चल्नुपर्छ। त्यो अधिकार पनि कटौती भएको छ।’

उनले कानुनी प्रतिवादका लागि भ्याकेटमा गएको अवस्थामा पनि अर्को निर्णय नभएसम्म अदालतको आदेश र अन्य कारणलाई पनि ध्यानमा राखेर एकताका लागि प्रयास गरिएको जानकारी दिए।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन्।
यसअघि एमालेका पदाधिकारीहरू यथावत् रहने निर्णय भएको छ।

महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले माधव नेपालसहितका ११ जना नेतामाथिको कारबाही फुकुवा गरेको छ।  महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि नेताहरुमाथि गरिएको कारबाही निष्प्रवाही भएको ज्ञवालीले जानकारी दिए।

‘हामीले पार्टी एकतालाई अघि बढाउन अब केन्द्रीय कमिटीमा नै रुपान्तरण गर्ने निर्णय गरेपछि त्यो कारबाही स्वतः निष्प्रभावी भयो,’ उनले भने, ‘अब सबैले पार्टी एकताको अभियानमा लाग्नुपर्छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले त्यसलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: Jun 30, 2021| 08:52 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।