आइतबार, भदौ ७, २०८३

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीको माग

दोलखाको तामाकोशी गाउँपालिकामा रहेको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई नेपाल चिकित्सक संघले कारबाहीको माग गरेको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं– दोलखाको तामाकोशी गाउँपालिकामा रहेको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई नेपाल चिकित्सक संघले कारबाहीको माग गरेको छ।

असार १३ गते अस्पतालमा कार्यरत डा. रोविस कार्की लगायतका अन्य स्वास्थ्यकर्मीहरुमाथि स्थानीयले हातपात गरेका थिए।  

संघले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७८ बमोजिम अनुसन्धान कार्यलाई थप प्रभावकारी र दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेको छ। 

संघले स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार प्रदर्शन गर्नु निन्दनीय भएको जनाएको छ। शनिबार राति केही स्थानीयले अस्पतालमा कार्यरत डा. रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई हातपात गरेका थिए। स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित: Jun 30, 2021| 07:26 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।