आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपा सुनार घटनाक्रममा गल्ती स्वीकार्दै मन्त्री श्रेष्ठले भने– आइन्दा यस्तो गर्दिनँ

रुपा सुनार घटनाक्रममा गल्ती स्वीकार्दै मन्त्री श्रेष्ठले भने– आइन्दा यस्तो गर्दिनँ

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँग बुधबार भएको छलफलमा मन्त्री श्रेष्ठले भने, ‘मबाट नहुनुपर्ने काम भयो, अब आइन्दा यस्तो गल्ती हुने छैन।’
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं– रुपा सुनार घटनाक्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती स्वीकार गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँग बुधबार भएको छलफलमा मन्त्री श्रेष्ठले भने, ‘मबाट नहुनुपर्ने काम भयो, अब आइन्दा यस्तो गल्ती हुने छैन।’

तनहुँकी रूपा सुनारले दलित भएकै आधारमा आफूलाई काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानले कोठा भाडामा नदिएको भन्दै उजुरी दिएकी थिइन्। प्रधानलाई छुटाउन असार ९ गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डासहितको सरकारी गाडी लिएर अनामनगरस्थित महानगरीय प्रहरी वृत्त पुगेको विषयमा आयोगमा उजुरी परेको थियो। सोही अनुरुप छलफलका लागि मन्त्री श्रेष्ठलाई बोलाइएको आयोगको अधिकृत दुर्गा पोखरेलले जानकारी दिइन्।

मंगलबार आयोगको कार्यालयमा पुगेर मन्त्री श्रेष्ठले घटनाका विषयमा आफ्नो धारणा राखेका हुन्। उजुरी गरेको ३ दिनपछि प्रधान पक्राउ परेकी थिइन्।सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएकै दिन मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर प्रधानलाई आफ्नै गाडीमा हालेर घर पुर्याएका थिए।

यस घटनाको विषयमा घरबेटी प्रधानले आजै आयोगमा आफूले चाहेको व्यक्ति आफ्नो घरमा राख्न पाउनु आफ्नो अधिकार भएको भन्दै उजुरी दार्ता गर्ने तयारीमा रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

प्रकाशित: Jun 30, 2021| 07:18 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।