काठमाडौं- भारी वर्षासँगै गएको पहिरोका कारण मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ देउराली र गढीमा आएको पहिरोले बुधबार बिहानैदेखि सडकखण्ड अवरुद्ध बनेको हो।
सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात सञ्चालन गर्नका लागि प्राविधिकलाई खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए।
पहिरो का कारण आइतबार २० घण्टा अबरुद्ध भएको यो सडक मङलबार ४ घण्टा ठप्प भएको थियो।