आइतबार, भदौ ७, २०८३

संसद् विघटन संविधानसम्मत : सहन्यायाधिवक्ता रिजाल

सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले संसद् विघटन संविधानसम्मत भएको बताएका छन्।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले संसद् विघटन संविधानसम्मत भएको बताएका छन्।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा उनले संसद् विघटनमा राष्ट्रपतिको कतै पनि दूराशय मनशाय नभएको बताएका हुन्। ‘७६ को ३ को प्रधानमन्त्रीले ७६(४) बमोजिम विश्वासको मत लिदिनँ भन्नूभयो। राजनीतिक स्थिति हेरेर उहाँले निर्णय लिनुभएको हो,’ उनले भने, ‘विश्वासको मत लिन संसद्मा जान्न भनेर राष्ट्रपतिलाई सिफारिस गरेको हो।’

धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदमा ओलीले दाबी गर्न पाउँदैनन् भन्ने रिट निवेदकको रिट तथ्यमा आधारित नभएको पनि उनले बताएका छन्। 

‘प्रधानमन्त्री पदमा दाबी आएपछि दाबी आधार हेर्ने, विचार गर्ने पूर्ण अधिकार राष्ट्रपतिलाई छ, यो अधिकार संविधानले दिएको जो कसैलाई माग्नु पर्दैन,’ उनले भने।

प्रकाशित: Jun 30, 2021| 06:46 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।