आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहयोग माग्न गएका निधिलाई उल्टै पौडेलले भने- अन्तिम अवसर हो, मलाई सहयोग गर्नुस्

सहयोग माग्न गएका निधिलाई उल्टै पौडेलले भने- अन्तिम अवसर हो, मलाई सहयोग गर्नुस्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले एकअर्कासँग सहयोग मागेका छन्।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले एकअर्कासँग सहयोग मागेका छन्। पौडेल निवास बोहोराटारमा भएको छलफलमा दुई नेताले एकअर्कासँग सहयोग मागेका हुन्।  

१४ औं महाधिवेशनमा दुवै नेता सभापतिका आकांक्षी हुन्। पौडेल १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित हुन् भने निधि यो पटक सभापति लड्ने तयारी गरिरहेका छन्।  

बुधबार बोहोराटार पुगेर निधिले पौडेलसँग यसपटक आफू सभापतिमा लड्ने निधो गरेकाले सहयोग गर्न आग्रह गरेका छन्। ‘म सबैको साझा उम्मेदवार हुन चाहन्छु। अन्य नेताको समर्थन लिने प्रयास गरिरहेको छु। तपाईंले पनि मलाई सहयोग गर्नुपर्‍यो,’ निधिले भनेका थिए।  

‘मेरा लागि यो अन्तिम अवसर हो। मलाई सहयोग गर्नुस्,’ जवाफमा पौडेलले भनेका थिए।  

निधिले महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग नियमित छलफल गर्दै आएका छन्। तर, पौडेलले निधिको प्रस्ताव स्वीकार गरेनन्। उनले आफ्ना लागि सभापति लड्ने र जित्ने यो अन्तिम अवसर भएकाले सहयोग गर्न आग्रह गरेका छन्। ‘मेरा लागि यो अन्तिम अवसर हो। मलाई सहयोग गर्नुस्,’ जवाफमा पौडेलले भनेका थिए।  

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने दुई नेताबीच नेतृत्व चयनका विषयमा भन्दा पनि क्रियाशील सदस्यता र समायोजनका विषयमा छलफल भएको जानकारी दिए। ‘अहिले नेतृत्वका विषयमा भन्दा पनि क्रियाशील सदस्य समायोजनका विषयमा छलफल भयो,’ उनले भने। 

क्रियाशील सदस्य समायोजनका सन्दर्भमा लचक भइदिन निधिले आग्रह गरेका थिए। तर, पौडेलले क्रियाशीलको सदस्यताको समायोजनको विषय नियम र निर्देशिकाबाहिर गएर नगर्न भनेका थिए।  ‘विवादित जिल्लाको होस् वा अन्य जिल्लाका नियम र निर्देशिका भन्दा बाहिर गएर गरिएका कुनै पनि निर्णय मान्दैनौं,’ पौडेलले भनेका थिए, ‘समायोजनको विषयमा तपाई कहाँ हुनुहुन्छ भनेर प्रस्ट देखिन्छ। त्यसैले नियमविपरीतका कुनै पनि निर्णय हामीलाई मान्य हुँदैन।’ 

भदौ १६ देखि हुने भनिएको महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूले छलफललाई तीव्र बनाउँदै लगेका छन्।

प्रकाशित: Jun 30, 2021| 06:38 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।