आइतबार, भदौ ७, २०८३

एमालेको दसौं महाधिवेशन आयोजक कमिटी भंग गरिँदै

प्रवक्ता  ज्ञवालीले भने, ‘महाधिवेशन आयोजक कमिटीको बैठकमार्फत २०७५ जेठ २ को केन्द्रीय कमिटीलाई ब्युँत्याइनेछ। त्यसपछि २४१ सदस्यीय केन्द्रीय कमिटी कायम हुनेछ।’
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- सत्तारुढ नेकपा एमाले २०७५ जेठ २ गतेको संरचनामा फर्किने भएको छ। स्थायी कमिटीको मंगलबार बसेको बैठकले एमाले र माओवादी केन्द्र एकतापूर्वको केन्द्रीय कमिटी बैठक असार १८ गते बोलाउने निर्णय गरेको थियो।  दसौं महाधिवेशन आयोजक कमिटीको आजको बैठकले यो निर्णय अनुमोदन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

महाधिवेशन आयोजक कमिटीको बैठक बसेर पार्टीको अहिलेका संरचनालाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेपछि दसौं महाधिवेशन आयोजक कमिटी भंग गरिनेछ। त्यससपछि पुरानो केन्द्रीय कमिटी अस्तित्वमा आउनेछ। प्रवक्ता  ज्ञवालीले भने, ‘महाधिवेशन आयोजक कमिटीको बैठकमार्फत २०७५ जेठ २ को केन्द्रीय कमिटीलाई ब्युँत्याइनेछ। त्यसपछि २४१ सदस्यीय केन्द्रीय कमिटी कायम हुनेछ।’

यद्यपि महाधिवेशन आयोजक कमिटीको बैठकमा नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत ११ जनालाई भने बोलाइएको छैन। नेपाल समूहका अन्य नेताहरुलाई भने आयोजक कमिटीको बैठकको निम्तो गरिएको छ । तर, नेपाल पक्षले आयोजक कमिटीको बैठकमा सहभागी नहुने बताइसकेको छ । 

अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपालसहितलाई पार्टीबाट निष्कासन गरेका थिए। 

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि फागुन २८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशन आयोजक कमिटी बनाएका थिए। माधवकुमार नेपाल पक्षले पार्टीको सबै संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउन माग गर्दै आएको छ।

एमालेको २०७१ सालमा भएको नवौं महाधिवेशनले १८२ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो। उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि एमाले केन्द्रीय कमिटी १८१ सदस्यीय कायम भयो। २०७३ फागुन २० मा २१ जना थप गरी केन्द्रीय कमिटी २ सय २ सदस्यीय बनाइयो। २०७५ जेठ ३ को एमाले र माओवादी केन्द्रको एकीकरणपूर्व पुनः थपेर २ सय ४१ सदस्यीय बनाइएको थियो। 

एकतापछि विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठलाई स्थायी कमिटीमा थप गरिएको छ। सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एकता भंग गरेपछि फागुन २८ मा माओवादी केन्द्रबाट आएका २३ जना थप केन्द्रीय कमिटीमा थपिएको थियो।  

थप लचक बन्दै ओली, नेपाल पक्षले आन्तरिक छलफलपछि निर्णय गर्ने 

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि फागुन २८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशन आयोजक कमिटी बनाएका थिए। माधवकुमार नेपाल पक्षले पार्टीको सबै संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउन माग गर्दै आएको छ। सर्वोच्च अदालतले पनि महाधिवेशन आयोजक कमिटीको वैधतामा प्रश्न उठाएको छ। सर्वोच्चले कर्णालीमा फ्लोर क्रस गरेका एमालेका चार सांसदको पुनर्बहाली गरिदिएको छ।

एमालेका पदाधिकारी

अध्यक्ष : केपी शर्मा ओली

बरिष्ठ नेता : झलनाथ खनाल

बरिष्ठ नेता : माधवकुमार नेपाल

उपाध्यक्ष : वामदेव गौतम

उपाध्यक्ष : भीम रावल

उपाध्यक्ष : युवराज ज्ञवाली

उपाध्यक्ष : अष्टलक्ष्मी शाक्य

महासचिव : ईश्वर पोखरेल

उपमहासचिव : बिष्णु पौडेल

उपमहासचिव : घनश्याम भुसाल

सचिव : प्रदीप ज्ञवाली

सचिव : पृथ्वीसुब्बा गुरुङ

सचिव : भीम आचार्य

सचिव : गोकर्ण विष्ट

सचिव : योगेश भट्टराई

स्थायी कमिटी सदस्य

सुवास नेम्वाङ

शंकर पोखरेल

सुरेन्द्र पाण्डे

मुकुन्द न्यौपाने

सत्यनारायण मण्डल

छबिलाल विश्वकर्मा

किरण गुरुङ

जेठ २ पछि थपिएका

रघुवीर महासेठ

बिष्णु रिमाल

रघुजी पन्त

बेदुराम भुसाल

पदेन सदस्य

अमृत बोहोरा

डा.पुष्प कँडेल

केशव बडाल

प्रकाशित: Jun 30, 2021| 06:08 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।