आइतबार, भदौ ७, २०८३

सिरहामा १६ दिन थपियो निषेध आदेश

सिरहामा निषेध आदेशको समय १६ दिन थप गरिएको छ। 
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

सिरहा- सिरहामा निषेध आदेशको समय १६ दिन थप गरिएको छ। जिल्ला कोभिड–१९ स‌ंकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेध आदेशको समय असार ३१ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले असार १५ गते राति १२ बजेसम्म निषेध आदेश लगाइएकामा जोखिम अझ कम नभएकाले असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिए। 

उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जिल्लाभर निषेध आदेश लगाइएको छ। 

यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेध आदेशका बेला सैलुन र होटलबाहेकका पसल, व्यवसाय बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ कँणेलले बताए। 

सिरहामा गत वैशाख २३ गतेदेखि निरन्तर निषेध आदेश जारी छ।

प्रकाशित: Jun 30, 2021| 04:06 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।