सिरहा- सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैं अनियन्त्रित भई ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक सोही नगरपालिका–१६ का २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ।
स१त ३९७२ नम्बरको ट्रयाक्टर गएराति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। रासस