आइतबार, भदौ ७, २०८३

कुखुरा बोक्ने बोलेरो दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको मनहरीमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

मकवानपुर- मकवानपुरको मनहरीमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बुधबार बिहान मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे स्थित पूर्वपश्चिम सडक खण्ड भएको बोलेरो दुर्घटनामा परेर चालकको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यलय मनहरीका अनुसार अन्दाजी २९/३० वर्षका मृतक चालकको पहिचान हुन सकेको छैन।

यस्तै उक्त बोलेरेमा सवार बारा जिल्ला महागढी नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय केदारनाथ थारु गम्भीर घाइते भएका छन्। घाइते थारुलाई उपचारको लागी भरतपुर पठाइएको प्रहरीले जनाएको छ। 

बिरगन्जबाट आएको प्रदेश ३-०१-००२४ च १४३० नम्बरको कुखुरा बोकेको बलेरो गाडी सडकबाट अन्दाजी ७०/८० मिटर तल राप्ती खोलामा खसेर दुर्घटना भएको हो।

प्रकाशित: Jun 30, 2021| 03:46 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।