आइतबार, भदौ ७, २०८३

कमला नदीको जलसतहले पार गर्‍यो सतर्कता तह

सिन्धुलीस्थित कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- सिन्धुलीस्थित कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बुधबार बिहानको मापनानुसार सो स्थानमा जलसतहले सतर्कता तह पार गरेको तथा बढ्दो रहेकाले नदी तटीय र डुबान भइरहने क्षेत्रहरुमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यस्तै, पूर्वी राप्ती जलाधारको रजैया, मकवानपुगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षा मापन भएको छ। उक्त जलाधारका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै नदी तटीय र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

आजै बिहानको मापनानुसार परासीस्थित बर्दघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ। उक्त क्षेत्रका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: Jun 30, 2021| 03:31 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।