आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीले डाइभर्सन बगाउँदा बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

बाढीले डाइभर्सन बगाउँदा बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ।
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ।

गए राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो।

कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साडे ४ बजेदेखि नै बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जनाएको छ। वर्षा भइरहेकाले सडक सुचारु गर्न समय लाग्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 30, 2021| 03:26 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।