काठमाडौं- जसपाको महन्थ ठाकुर राजेन्द्र महत्तो पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको हो।
काठमाडौं उपलब्ध सदस्यहरुसहित बैठक बस्न लागेको हो। कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले दिउँसो १ बजे पार्टी कार्यालय बबरमहलमा बैठक बस्ने जानकारी दिए।
आजको बैठकमा पार्टीको आन्तरिक अवस्थाका विषयमा पनि छलफल हुने बताइएको छ। जसपाको आन्तरिक विवाद निर्वाचन आयोगसम्म पुगेको छ। असार २२ गते निर्वाचन आयोगले दुवै पक्षलाई छलफलका लागि पनि बोलाएकाले यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ।