काठमाडौं- राष्ट्रियसभा सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गते राष्ट्रियसभा अधिवेशन आह्वान गरेसँगै आज एन्टिजेन परीक्षण गरिने भएको छ।
आज राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, राष्ट्रियसभाका सबै सदस्य र संघीय संसदका सम्पूर्ण कर्मचारीहरूको एन्टिजेन परीक्षण राष्ट्रियसभा सचिवालयलय जनाएको छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्काई लाइट हल नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म एन्टिजेन परीक्षण गरिने छ।