काठमाडौं- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ। एमालेले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रुपान्तर गर्ने निर्णय गरेको छ।
बिहान ११ प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा माधवकुमार नेपाल पक्षका नेताहरूलाई पनि डाकिएको छ।
एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटीको बैठकमा सबै नेताहरूलाई खबर गरिएको जानकारी दिए।
‘महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि सबैलाई खबर भएको छ,’ उनले भने, ‘आउने नआउने उहाँहरूको विषय भयो।’
तर, नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत ११ जनालाई भने बोलाइएको छैन। अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपालसहितलाई पार्टीबाट निष्कासन गरेका थिए।